व्यापार घाटा ६ प्रतिशतले कम « Khabarhub

व्यापार घाटा ६ प्रतिशतले कम


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –चालू आर्थिक वर्षको ६ महिनामा देशको व्यापारघाटा ६.१ प्रतिशतले घटेर ६ खर्ब ३७ अर्ब ४१ करोड रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा व्यापारघाटा ३२.२ प्रतिशत बढेको थियो ।

अर्थ मन्त्रालयले शुक्रवार जारी गरेको नेपालको आर्थिक परिदृश्य अनुसार चालु वर्षको पहिलो ६ महिनामा आयात ४.०४ प्रतिशतले कमी आएर ६ खर्ब ९४ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आयात ३०.५ प्रतिशत बढेर ७ खर्ब २३ अर्ब ९४ करोड थियो ।

पुस महिनासम्म भारतबाट आयात ९.१ प्रतिशत घटेको छ भने चीनबाट १२.१ प्रतिशत र अन्य मुलुकबाट ०.४ प्रतिशतले बढेको छ ।

नेपालमा आयातित पाँच मुख्य वस्तुमा डिजेल १०.९ प्रतिशत, स्टिल पाता (एसएस बिलेट) ४२.४ प्रतिशत, पेट्रोल ०.५ प्रतिशत, स्टिलको कच्चा पदार्थ (एचआर सिट) ०.२ प्रतिशतले घटेको छ। तयारी कपडा आयात २.९ प्रतिशतले बढेको अर्थले जारी गरेको तथ्यांकमा उल्लेख छ ।

आन्तरिक उत्पादन प्रवद्र्धन गर्ने स्वदेशमै औद्योगिक कच्चा पदार्थ उत्पादन बढाउने एवं विलासीजन्य वस्तुको आयातमा निरुत्साहन गर्ने गरी सरकारी नीति रहेका कारण आयातमा कमी आएको अर्थ मन्त्रालयको दाबी छ ।

जलविद्युत् उत्पादन वृद्धि हुँदा बिजुली आयातमा कमी, सिमेन्ट क्लिङ्करको आन्तरिक उत्पादनमा भएको वृद्धिका कारण ती सामग्री आयातमा कमी तथा सवारीसाधनको आयात व्यवस्थित गर्न गरिएको नीतिगत व्यवस्थाका कारण पनि ती सामग्री आयातमा कमी आउँदा समग्र आयात घटेको हो ।

चालु वर्षको पहिलो ६ महिनामा निर्यात २६.१ प्रतिशतले वृद्धि भएर ५७ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिकको सोही अवधिमा निर्यात १०.३ प्रतिशतले बढेर ४५ अर्ब ४१ करोड पुगेको थियो। निर्यातमा भारतर्फ ४८.८ प्रतिशतले बढेको छ भने चीन र अन्य देशतर्फ क्रमशः ८.५ र ३.८ प्रतिशत घटेको छ ।

यस अवधिमा पाम आयलको निर्यात ४९२.१ प्रतिशत र भटमासको तेल (प्रशोधित) १२६९.५ प्रतिशतले बढेको छ। पाम आयल र भटमासको तेल विदेशबाट कच्चा पदार्थ ल्याई नेपालमा प्रशोधन गरी बेच्ने गरिएको छ ।

पाम आयलमा गत महिनादेखि भारतले आयतमा प्रतिबन्ध लगाएपछि अब भने यसको निर्यात खुम्चने स्पष्टै छ । हालैमात्र भारतीय सञ्चारमाध्यमहरूसँगको अन्तर्वार्तामा अर्थमन्त्री डा युवराज खतिवडाले पाम आयलको आयातमा भारतले प्रतिबन्ध लगाएपछि यसको असर नेपालमा परेको प्रतिक्रिया दिएका थिए ।

अर्थ मन्त्रालयका अनुसार सेन्थेटिक यार्नको निर्यात ९.५ प्रतिशत घटेको छ। ऊनी गलैँचा कार्पेट ३.४, तयारी कपडा ८.४ र अन्य वस्तुको निर्यात ९.४ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ५ : १६ बजे

निरन्तरको पलहका कारण वर्डफ्लु सङ्क्रमण नियन्त्रणतर्फ

चितवन – सरकारको सक्रियताका कारण वर्डफ्लु नियन्त्रण हुँदै गएको व्यवसायीहरूले

इजरायली प्रधानमन्त्री नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने

जेरुसेलम – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड

सार्वजनिक बिदाका दिनमा पनि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा

सुदूरपश्चिम – जिल्ला प्रशासन कार्यालय कैलालीले सार्वजनिक बिदाको दिनमा पनि

रौतहटमा खुकुरी प्रहारबाट एक महिलाको मृत्यु

जनकपुरधाम – आपसी विवादमा रौतहटको गजुरा नगरपालिका–५ हरिपुरमा आज एक

माइक्रोबस दुर्घटना हुँदा आठ जना घाइते

गण्डकी – काठमाडौँबाट पोखरातर्फ आउँदै गरेको माइक्रोबस तनहुँको व्यास नगरपालिका