मोटरसाईकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु « Khabarhub

मोटरसाईकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही- रुपन्देहीको सैनामैना नगरपालिका–८ स्थित रामापुरमा आज भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

पश्चिमबाट बुटवलतर्फ आइरहेको लु ४२ प ७०९६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई लु ४२ प ७४७२ नम्बरको स्कुटीमा ठोक्किँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा सैनामैना–७ स्थित बयरकट्टीका मोटरसाइकल चालक २० वर्षीय सुदिप चौधरी र २० वर्षीय नवीन चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, बुटवलका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिए ।

मृत्यु भएका दुवै लु ४२ प ७०४६ नं को मोटरसाइकलमा सवार थिए । उनका अनुसार सोही मोटरसाइकलमा सवार १६ वर्षीय सन्तराम चौधरी गम्भीर घाइते भएकाले उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

स्कुटीमा सवार तुलबहादुर गुरुङ, सूर्यबहादुर पुन, पैदलयात्री सावित्रा न्यौपाने र सैनामैना– ८ का चन्द्रबहादुर क्षेत्री सामान्य घाइते भएका प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ०४ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक