चीनबाट मङ्गोलिया प्रवेशमा प्रतिबन्ध « Khabarhub

चीनबाट मङ्गोलिया प्रवेशमा प्रतिबन्ध


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कुनै पनि चिनियाँ नागरिक तथा अन्य देशका नागरिकलाई चीनबाट आफ्नो देशमा आउन मङ्गोलियाले प्रतिबन्ध लगाएको छ ।

मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक यातायात मार्फत् आफ्नो देशमा भित्रिन नपाइने व्यवस्था गरिएको शुक्रबार घोषणा गरेको छ ।

विनाशकारी कोरोना भाइरसका कारण चीनमा धेरै जनाको मृत्यु भइसकेको र संसार भरी नै फैलिँदै गएकाले उच्च सतर्कता अन्तर्गत उनीहरूलाई प्रतिबन्ध लगाइएको अधिकारीले जनाएका छन् ।

सो प्रतिबन्ध अहिलेलाई शनिबार अर्थात् फेब्रुअरी १ देखि मार्च २ सम्मका लागि निर्धारण गरिएको पनि समाचारमा जनाइएको छ ।

सरकारले जारी गरेको वक्तव्यका अनुसार आगामी फेब्रुअरी ६ सम्म चिनियाँ नागरिकलाई स्वदेश फर्किन भने सामान्य रुट नै प्रयोग गर्न पाइने भएको छ ।

त्यसपछि दुई जमिन उड्मा रहेको रेल नाका र राजधानी सहर उल्लान्बातारमा रहेको विमानस्थलबाट मात्रै उनीहरुलाई घर फर्किन दिइने भएको छ ।

मङ्गोलियामा अहिलेसम्म कोही पनि कोरोना भाइरसबाट संक्रमित भएको नभेटिएको अधिकारीले जनाएका छन् ।

मङ्गोलियाले चीनसँगको नाकाबाट कारमा आफ्नो देशमा भित्रिन नदिने व्यवस्था यसअघि नै गरिसकेको थियो । मङ्गोलियामा अहिले विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् भने सार्वजनिक कार्यक्रमहरू गर्न नपाइने भइसकेको छ ।

सार्वजनिक कार्यक्रम र विद्यालयमा हुने जमघटबाट भाइरस एकबाट अर्कोमा सर्न सक्ने खतरा हुने भएकाले बन्द गरिएको मङ्गोलियाका अधिकारीको भनाइ छ ।

चिनियाँ स्वास्थ्य अधिकारीकाअनुसार बिहीबार राति अबेरसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र नौ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ७ : ३५ बजे

आज पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्य ओरालो लाग्नेक्रम जारी रहेको छ

कैलालीको सत्ती भन्सार कार्यालय : राजस्व सङ्कलनमा कमी

कैलाली– टीकापुर नगरपालिका–९ स्थित सत्ती भन्सार कार्यालयले चालु आर्थिक वर्षको

एमाले संसदीय दलको जिम्मेवारी पाए खुट्टा कमाउँदिन: सुहाङ नेम्वाङ

काठमाडौँ- नयाँ सरकारको गठन प्रक्रिया अगाडि बढ्दा नेकपा (एमाले)मा संसदीय

जेनजी आन्दोलन घटनाको प्रतिवेदन सार्वजनिक गर्न त्रिचन्द्र स्ववियुको दबाब (तस्बिरहरू)

काठमाडौँ– त्रिचन्द्र क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले गत भदौ

कोलम्बियामा सैन्य विमान दुर्घटना: ६६ जनाको मृत्यु

रोयटर्स – कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६