कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र « Khabarhub

कोरोना भाइरसको उपचारका लागि उहानमै ७० भन्दा बढी नयाँ स्वास्थ्य केन्द्र


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- मध्य चीनमा पर्ने हुबेइ प्रान्तमा नोबेल कोरोना भाइरसको संक्रमणको उपचारका लागि ७० भन्दा बढी नयाँ स्वास्थ्य सेवा केन्द्र खोलिएको छ ।

उहानको बाहिरका इलाकाहरुमा आपतकालीन प्रयोगका लागि अस्पतालहरुले नयाँ निर्माण विस्तार गरिएको प्रान्तको प्रमुख जियांग चाओलिङ जानकारी दिए ।

चिनियाँ सञ्चार माध्यमका अनुसार यी स्वास्थ्य केन्द्रहरुले ग्रामीण इलाकामा कोरोना भाइरसका कारण भएको निमोनियासँग लड्न मद्दत पुर्‍याउने छ ।

जुन स्थानमा कम जागरुकता र चिकित्सा सुविधाहरूको अभावले महामारीबिरुद्व लड्ने प्रयासहरुको अवरोधलाई हटाएर एकसाथ अगाडि बढाउन सहयोग हुने बताइएको छ ।

अधिकारीहरुका अनुसार गाउँ समुदायमा प्रशिक्षण सत्र सञ्चालन गरी जनचेतना बढाइने पनि गरिएको छ । दैनिक रुपमा ग्रामीण क्षेत्रमा फर्केका मान्छेको तापक्रम नाप्ने र स्वास्थ्य अवस्थाको जाँच गर्ने काम लगाइने बताइएको छ ।

हुबेइ प्रन्तमा हालै मात्र कोरोना भाइरसका कारण १ हजार २२० नयाँ सङ्क्रमित भएका र बिहीबार मात्र पनि थप २४ व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन् ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुकाअनुसार बिहीबार अबेर रातीसम्म यस भाइरसबाट २१३ जनाको मृत्यु भएको र ९ हजार ६९२ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी यस भाइरसका कारण अस्पताल भर्ना भएका १७१ जना अस्पतालबाट घर फर्किएका पनि समाचारमा जनाइएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : ४४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

आज २०८२ साल पुस २८ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस २८ गते सोमबार तदनुसार

विशेष महाधिवेशनको उद्घाटन सत्र साँच्चै विशेष रह्यो : गगन थापा

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको विशेष महाधिवेशन विशेष

बन्दसूचीबाट नाम फिर्ता लिन चाहने उम्मेदवारलाई निवेदन दिन आयोगको आग्रह

काठमाडौं- निर्वाचन आयोगले समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले आफ्नो नाम फिर्ता

एल क्लासिको : बार्सिलोना र रियल मड्रिड भिड्दै

काठमाडौं – विश्व फुटबलकै सबैभन्दा चर्चित प्रतिस्पर्धा एल क्लासिको अन्तर्गत