कोरोना भाइरसको त्रासले पानी जहाजमै थुनिए ७ हजार यात्रु ! « Khabarhub

कोरोना भाइरसको त्रासले पानी जहाजमै थुनिए ७ हजार यात्रु !


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इटाली– इटालीमा कोरोना भाइरसको त्रासका कारण ७ हजार यात्रु पानी जहाजमै थुनिनु परेको छ ।

इटलीको एउटा क्रुज पानी जहाजबाट राजधानी रोमनजिकै सिभिटाभेसिया बन्दरगाहमा उत्रिन लागेका यात्रु कोरोना भाइरसको त्रासले पानीजहाजभित्रै थुनिनु परेको जनाइएको छ ।

जहाजमा सवार यात्रुमध्ये एक जना चिनियाँ महिलालाई कोरोनाभाइरसको लक्षण देखिएपछि यात्रुलाई जहाजबाट उत्रिन दिइएको थिएन ।

यद्यपि बिहीबार अबेर राती घण्टौं पछि ती बिरामीलाई देखिएको लक्षण कोरोनाभाइरस नभएको पुष्टि भएको थियो । जहाजमा ६ हजार यात्रु र १ हजार चालक दलका सदस्य थिए ।

जहाजमा भएकामध्ये एक महिलालाई कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएपछि ती बिरामीबाट संकलित नमूना परीक्षणका ल्याबमा पठाइएको थियो ।

परीक्षणको नतिजा नआउँदासम्म सबै यात्रुलाई जहाजबाट बाहिर निस्कन अनुमति दिइएको थिएन । कोस्टा क्रोसिएरे कम्पनीको जहाज कोस्टा स्मेराल्डा २५ जनवरीमा उत्तर पश्चिम इटलीको पोर्ट अफ साभोनाबाट हिँडेको थियो ।

शंका गरिएकी बिरामी ५४ वर्षकी चिनियाँ महिला थिइन् । साभोनाबाट हिँडेको कोस्टा स्मेराल्डा फ्रान्सको मार्सेइले, स्पेनको बार्सिलोना, स्पेनकै पाल्मा टापु हुँदै इटलीको सिभिटाभेसिला पुगेको थियो ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ८ : २७ बजे

कञ्चनपुरमा डढेलोको जोखिम बढ्दो, पूर्वतयारी कमजोर

कञ्चनपुर– बढ्दो गर्मीसँगै कञ्चनपुरका वन क्षेत्रमा डढेलो लाग्ने जोखिम पनि

साताको कार्टुन : कामरेडको म्याजिक नम्बर 

काठमाडौं– यस कार्टुनले अहिलेको राजनीतिक बहसलाई व्यंग्यात्मक रूपमा चित्रण गरेको

सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु

झापा– गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा

डेडिकेटेड र ट्रंकलाइन महसुल विवाद : आयोगमा चैत १ गते सुनुवाइ हुने

काठमाडौं– विवादित डेडिकेटेड र ट्रंक लाइन महसुल विवादका सम्बन्धमा विद्युत्

धोनीले आईपीएलका सबै खेल खेल्ने

काठमाडौँ – भारतीय क्रिकेटका पूर्वकप्तान महेन्द्रसिंह धोनीले इन्डियन प्रिमियर लिग