नेकपा केन्द्रीय कमिटीको प्रतिवेदन : सरकार र पार्टीबीच समन्वय अभाव « Khabarhub

नेकपा केन्द्रीय कमिटीको प्रतिवेदन : सरकार र पार्टीबीच समन्वय अभाव


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय कमिटी सदस्यले पार्टी विधान पद्धतिमा नचलेको बताएका छन् ।

अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, महासचिव विष्णुप्रसाद पौडेलको साङ्गठनिक प्रतिवेदन, विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल गरेर समूह नेताले प्रतिवेदन प्रस्तुत गर्दै पार्टी विधान पद्धतिमा नचलेको बताएका हुन् ।

समूहगत छलफलबाट आएका सुझावलाई प्रतिवेदनका रुपमा पेश गर्दै पार्टीमा गुटबन्दी मौलाएको र पार्टी विधान विपरीत सञ्चालन भएको प्रतिवेदनमा उल्लेख गरिएको छ । आज समूह २ बाट कमला रोका, समूह ६ बाट दीनानाथ शर्मा, समूह १३ का नेता लेखनाथ न्यौपाने र समूह ९ का नेता भगवती चौधरीले आ–आफ्नो समूहको प्रतिवेनद पेश गर्दै सरकार र पार्टी सञ्चालनको आलोचना गर्दै विधिसङ्गत रुपमा सञ्चालन हुनुपर्ने सुझाव दिए ।

समूह ९ का नेता चौधरीले सरकारका काम धेरै भए पनि प्रचार हुन नसकेको आफ्नो प्रतिवेदनमा समेटेको जानकारी दिए । “सरकारका कामको प्रचार हुन नसक्दा सरकारले काम गरेको देखिएको छैन”, उनले भने, “स्थानीय तहमा बढी भ्रष्टाचार रहेकाले नियन्त्रण गर्नुपर्ने हाम्रो समूहको सुझाव छ, शनिबार ११ समूहका नेताले प्रतिवेदन पेश गर्नेछन् ।”

समूह ११ का नेता राजेन्द्र राईले पार्टी नीति पद्धतिमा नचलेको र सङ्गठनमा पार्टी नेतृत्वबाट गुटबन्दी भएको सुझाव आएको बताए । उनको प्रतिवेदनमा पार्टी विधान र केन्द्रीय सर्कुलरलाई उल्लङ्घन गरिएको उल्लेख छ । पार्टीका दिवङ्गत नेताका नाममा खोलिएका प्रतिष्ठान फाउन्डेशन, अध्ययन केन्द्र खुलेका र त्यसले पार्टीलाई फाइदा नपुर्‍याई गुटबन्दी बढाएकाले बन्द गर्नुपर्ने उनको समूहको प्रतिवेदनमा उल्लेख छ ।

“नेताको योगदानको कदर गर्नुभन्दा गुट चलाउन खुलेको देखियो, हाम्रो समूहले त्यस्ता प्रतिष्ठान, फाउन्डेशन र अध्ययन केन्द्र बन्द गर्नुपर्ने सुझाव दिएका छौँ”, उनले भने, “चलाउने हो भने पार्टीको निर्णयमा चलाउनु पर्दछ ।” यसैगरी समूह ७ का उपनेता निरज आचार्यले पनि त्यस्ता नेतापिच्छे खोलिएका प्रतिष्ठान प्रदेश, जिल्लासम्म सङ्गठन विस्तार गरी पार्टीका समानान्तर गतिविधि सञ्चालन गरेकाले पार्टीको विधानमा नै व्यवस्था गरेर नियन्त्रण र नियमन गर्नुपर्ने सुझाव दिइएको बताए ।

सरकार र पार्टीको तालमेल नमिलेको पनि प्रतिवेदनमा समेटिएको छ । सरकारका लोकप्रिय काम सञ्चालन नभइरहेका, सरकारका कार्यसम्पादनमा जनता र पार्टी सन्तुष्टि हुन नसकेको पनि सबै समूहले प्रतिवेदनमा औंल्याएका छन् ।

“पार्टीको निर्देशन सरकारले मान्नुपर्‍यो, पार्टी नीति पद्धतिमा चलेको छैन”, समूह ११ का टोली नेता राईले भने, “सरकारका विषयमा केहीले राम्रो गरेका छन् भनेको र केहीले सरकारले राम्रो काम गर्न सकेन भनेका छन्, चुनावको घोषणापत्रअनुसार सरकारले काम गर्न सकेन भन्ने प्रतिवेदनमा समेटिएको छ ।”

एमसीसीको समर्थन र विरोध

बैठकमा मेलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) केन्द्रीय सदस्यले मिश्रित सुझाव दिएका छन् ।  समूह ९ का नेता चौधरीले आफूहरुले एमसीसी अगाडि बढाउन सुझाव दिएको बताए । उनले संविधान र राज्यको हित विपरीतमा सम्झौता नगरी एमसीसी अगाडि बढाउन सुझाव दिएको जानकारी दिए ।

समूह ५ का नेता ठाकुर गैरेले एमसीसीका बारेमा समूहका सदस्यका फरक फरक मत आएका बताए । “थोरै सदस्यले पास गरेर जानुपर्ने सुझाव दिएका छन्, राष्ट्रलाई फाइदा हुन्छ भने पास गरेर जानुपर्दछ भन्ने सुझाव दिनुभएको छ”, उनले भने, “केहीले यथास्थितिमा पास गर्नु हुँदैन, यसको राम्रो अध्ययन गरेर मात्र पास गर्नुपर्दछ, नेपालको सार्वभौमसत्तालाई खलल पुग्ने प्रावधान रहेका छन्, ती खारेज गरेरमात्र पास गर्नुपर्दछ ।”

समूह ७ एमसीसीका बारेमा मौन बसेको छ । बैठकले एजेन्डा बनाएर आधिकारिक धारणा सार्वजनिक गर्न पार्टी नेता र विज्ञ सम्मिलित उच्चस्तरीय कार्यदल गठन गर्न सुझाव दिएको छ ।

विधानअनुसार चलेन

विधानअनुसार पार्टी सञ्चालन नभएको समूह नेताले सुझाव दिनुभएको छ । धेरैजसो समूहले पार्टीमा समावेशी नभएको सुझाव दिएका छन् ।  सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा पार्टी विधानअनुसार ३३ प्रतिशत महिला सहभागी गराउनुपर्ने सुझाव दिइएको छ ।

प्रतिवेदन प्रस्तुत गर्दै समूह ९ का नेता चौधरीले केन्द्रमा सचिव र प्रदेशमा पनि उपाध्यक्ष राख्नुपर्ने सुझाव दिएको बताए । यसैगरी पार्टीमा केहीलाई दोहोरो जिम्मेवारी र कसैलाई केही पनि जिम्मेवारी नभएकाले सबैलाई योग्यता, क्षमताअनुसार जिम्मेवारी दिनुपर्नेमा जोड दिए ।

समूह ७ ले सङ्गठनमा बहुपदीय पदाधिकारी बनाउन माग गरेको छ । महिला उपाध्यक्ष एकजना थप्नसमेत सुझाव दिइएको छ । यसैगरी प्रतिवेदनमा पोलिटब्यूरो, केन्दीय आयोग, निकाय र विभागलाई चाँडै नै पूर्णता दिनसमेत सुझाव दिइएको छ ।

योग्यता, क्षमता र रुचि अनुसारको कार्यविभाजन नभएको समूह नेताले सुझाव दिनुभएको छ । पार्टी केन्द्रीय सदस्यलाई पूर्णकालीन खर्च उपलब्ध गराउने भने पनि नदिइएकाले उपलब्ध गराउन माग गरिएको छ ।

समूह १४ का टोलीनेता सुरेन्द्रबहादुर कार्कीले पार्टीका नयाँ संवाद शुरु भएको बताए । उनले बैठकले विचारको बहस शुरु गरेकाले यसलाई तल्लो तहसम्म पु¥याउनुपर्ने बताए ।

नेता सुरेन्द्र पाण्डेले पार्टी विधिबाट चल्ने भएकाले राजनीतिक नियुक्त पार्टीले गर्नुपर्ने बताए ।

“पार्टीले नै सरकार चलाउने हो”, उनले भने, “पार्टीले सरकार चलाउने भन्नेमा हामी छलफल चलाइरहेका छौँ ।”

बैठकमा समूहबाट आएका टोली नेताको प्रस्तुति र नेतृत्वको जवाफ दिन यही माघ १९ गतेको समय निर्धारण गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ०६ बजे

अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे

सुरुङ्गा (झापा)- सभामुख देवराज घिमिरेले निर्वाचनको विषयलाई लिएर दलहरूबीच अविश्वास

पोखरा एभेन्जर्ससँग चितवन राइनोज ८ विकेटले पराजित

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबारको दोस्रो खेलमा पोखरा एभन्जर्सले

पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगै : गगन थापा

मलङ्गवा– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको आसन्न १५औँ महाधिवेशन

प्रथम राष्ट्रिय इनलाइन स्केट म्याराथनको उपाधि निमिषा र साम्देनलाई 

काठमाडौं– नेपाल स्केटिङ तथा स्केटबोर्डिंङ संघ र द स्केटल्याण्ड स्केटपार्क

पोखराका रोसिङ्टनको अर्धशतक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत शनिबार जारी दोस्रो खेलमा पोखरा