अन्तर्राष्ट्रिय मेयर सम्मेलन काठमाडौंमा हुँदै | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय मेयर सम्मेलन काठमाडौंमा हुँदै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी असोज २१ देखि २४ गतेसम्म काठमाडौंमा ४ दिने ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन’ हुने भएको छ ।

आज काठमाडौंमा आयोजना गरिएको ‘अन्तरराष्ट्रिय मेयर सम्मेलन- २०२०’ को वेभसाइट शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनका बिषयमा जानकारी दिइएको हो ।

सम्मेलनमा विश्वका विभिन्न देशका नगर प्रमुख, नीति निर्माता, र योजनाविद्का बीचमा सहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धी र अनुभवको आदान प्रदान हुनेछ । सहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउने सम्मेलनको अर्को लक्ष्य रहेको छ ।

‘सहरहरुका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय र बहुपक्षीय संवादको शुरुवात् हुनेछ’  मेयर शाक्यले भने, ‘समुदायको सशक्तिकरण तथा शुशासनको माध्यमबाट विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव, आपसी सम्मान र विश्वाश बढ्नेछ ।’

सम्मेलन आयोजनालाई व्यवस्थित गर्न भक्तपुरको गठ्ठाघरमा फोरमको सचिवालय स्थापना गरिसकिएको जानकारी दिँदै कार्यक्रममा मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले सम्मेलन आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने बताए ।

सम्मेलनमा मेयर र विज्ञाबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै पाहुनाहरुलाई उपत्यकामा भएका विश्व सम्पदा र अन्य चाखलाग्दा क्षेत्रको भ्रमण अवलोकन गराइनेछ ।

सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका नगर सरकारसँग भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय सहर, सार्क तथा दक्षिण-दक्षिण पूर्वी एशियाका राजधानीलगायत प्रमुख सहर, युनेस्को तथा विश्व सम्पदा सहरहरुको संगठनमा आवद्ध सम्पदा सहरहरुका नगर प्रमुखहरुलाई आमन्त्रण गरिनेछ ।

त्यस्तै नीति निर्माता तथा योजनाविद्हरुलाई निमन्त्रणा गरिने सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० ले निर्दिष्ट गरेको लक्ष्यलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ४५ बजे

गगन थापाको टिप्पणी- बा र भगवान प्रश्नभन्दा माथि !

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बा र भगवानलाई प्रश्न

राष्ट्रियसभा उपाध्यक्ष अर्यालले बुझाइन राजीनामा

काठमाडौं– राष्ट्रियसभाकी उपाध्यक्ष उर्मिला अर्यालको राजीनामा दिएकी छन् । माओवादीबाट

सुदूरपश्चिममा दुई मन्त्रीको जिम्मेवारी तोकियो

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट प्रदेश

भारतीय अर्थमन्त्री सीतारमण भन्छिन्- चुनाव लड्ने पैसा छैन

काठमाडौं– भारतको केन्द्रीय वित्त मन्त्री निर्मला सीतारमणले लोकसभा चुनावमा भाग

उत्तरी इलेनोइसमा छुरा प्रहार, ४ जनाको मृत्यु

अमेरिका– संयुक्तराज्य अमेरिकाको उत्तरी इलेनोइसमा एक व्यक्तिले जथाभावी छुरा प्रहार