अन्तर्राष्ट्रिय मेयर सम्मेलन काठमाडौंमा हुँदै « Khabarhub

अन्तर्राष्ट्रिय मेयर सम्मेलन काठमाडौंमा हुँदै


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आगामी असोज २१ देखि २४ गतेसम्म काठमाडौंमा ४ दिने ‘अन्तर्राष्ट्रिय मेयर सम्मेलन’ हुने भएको छ ।

आज काठमाडौंमा आयोजना गरिएको ‘अन्तरराष्ट्रिय मेयर सम्मेलन- २०२०’ को वेभसाइट शुभारम्भ तथा पत्रकार भेटघाट कार्यक्रममा सम्मेलनका बिषयमा जानकारी दिइएको हो ।

सम्मेलनमा विश्वका विभिन्न देशका नगर प्रमुख, नीति निर्माता, र योजनाविद्का बीचमा सहरहरुको दिगो रुपान्तरणका दिशामा प्राप्त उपलब्धी र अनुभवको आदान प्रदान हुनेछ । सहरीकरण सम्पदा संरक्षणसित प्रत्यक्ष सरोकार राख्ने पर्यावरणीय मुद्दामा समान धारणा बनाउने सम्मेलनको अर्को लक्ष्य रहेको छ ।

‘सहरहरुका बीचमा सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा सहयात्राका सम्भाव्यता पहिल्याउन द्विपक्षीय र बहुपक्षीय संवादको शुरुवात् हुनेछ’  मेयर शाक्यले भने, ‘समुदायको सशक्तिकरण तथा शुशासनको माध्यमबाट विभिन्न क्षेत्र, जाति र विचारमा बाँडिएका जनताबीच सामाजिक सद्भाव, आपसी सम्मान र विश्वाश बढ्नेछ ।’

सम्मेलन आयोजनालाई व्यवस्थित गर्न भक्तपुरको गठ्ठाघरमा फोरमको सचिवालय स्थापना गरिसकिएको जानकारी दिँदै कार्यक्रममा मध्यपुर थिमी नगरका प्रमुख एवं फोरमका सचिव मदनसुन्दर श्रेष्ठले सम्मेलन आपसी ज्ञान र सीप अभिवृद्धि गर्ने कोणबाट लाभदायी हुने बताए ।

सम्मेलनमा मेयर र विज्ञाबाट कार्यपत्र प्रस्तुत गरिनुका साथै पाहुनाहरुलाई उपत्यकामा भएका विश्व सम्पदा र अन्य चाखलाग्दा क्षेत्रको भ्रमण अवलोकन गराइनेछ ।

सम्मेलनमा काठमाडौं उपत्यकाभित्रका नगर सरकारसँग भगिनी सम्बन्ध भएका अन्तरराष्ट्रिय सहर, सार्क तथा दक्षिण-दक्षिण पूर्वी एशियाका राजधानीलगायत प्रमुख सहर, युनेस्को तथा विश्व सम्पदा सहरहरुको संगठनमा आवद्ध सम्पदा सहरहरुका नगर प्रमुखहरुलाई आमन्त्रण गरिनेछ ।

त्यस्तै नीति निर्माता तथा योजनाविद्हरुलाई निमन्त्रणा गरिने सम्मेलनले नेपाल भ्रमण वर्ष २०२० ले निर्दिष्ट गरेको लक्ष्यलाई टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  १० : ४५ बजे

कांग्रेस देउवा समूहले मंसिर २१ देखि महाधिवेशन गर्ने, भदौ २५ भित्र जिल्ला अधिवेशन तयारी समिति बनाइसक्ने

काठमाडौं- नेपाली कांग्रेसमा शेरबहादुर देउवा नेतृत्वको समूहले पार्टीको १५औँ महाधिवेशनको

माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाबाट ५५७ जना अझै सम्पर्कविहीन

काठमाडौं– भोटेकोशी नदीमा यही भदौ १० गते गएको बाढीको कारण

देशकै छातीमा वज्रपात भयो, सबै दल र नागरिक जुटेर सामना गरौँ : प्रधानमन्त्री (पूर्णपाठ)

काठमाडौं– रसुवास्थित भोटेकोशीमा भदौ १० गते बुधबार आएको विनाशकारी बाढीले

सेनालाई धन्यवाद होइन, तलब बढाउनुपर्छ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले विपद्का बेला

हामी साथमा छौँ, सरकारले अझ व्यापक काम गरोस् : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता ज्ञानेन्द्र शाहीले बाढीपहिरोका कारण