संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री ओली « Khabarhub

संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री ओली


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐन/कानून बनाउने बताएका छन् ।

नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको आज भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र मिडिया क्षेत्रका हरेक जायज सरोकार र मागहरुलाई जनताको सरकार भएको हैसियतमा वर्तमान सरकारले गम्भीरतापूर्वक सुन्ने, ग्रहण गर्ने र सम्बोधन गरेर अघि बढ्ने विश्वास दिलाउँदै त्यसमा कुनै प्रकारको आशङ्का र द्विविधा राख्नुपर्ने आवश्यकता नभएको पनि प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा तीव्र गतिमा अग्रसर भइरहेको बताए । उनले भने, ‘देश सुशासन र विकासको बाटोमा तीव्र गतिमा अग्रसर भइरहेको अवस्थामा जनताको मनोबल बढाएर हाम्रो देश हामी बनाउन सक्छौँ, विकास गर्न सक्छौँ भन्नुपर्ने समय आएको छ । यस्तो बेलामा जनतामा नकारात्मक कुरा मात्रै पस्किने अथवा निराशातर्फ जनतालाई धकेल्ने खालका कुरा होइन, आशावादिता र आत्मविश्वास जगाउने काम गर्न जरुरी छ ।’

प्रधानमन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न देशमा पछिल्लो समय विकास र समृद्धिको लक्ष्यका साथ धेरै राम्रा कामहरु भइरहेको बताए । उनले, ‘अभूतपूर्व विकासलाई आमसञ्चारका माध्यमले अझै राम्ररी जनतासमक्ष पुर्‍याउन जरुरी छ । हामीले त्यो काम अझै राम्ररी सम्पन्न गर्न सकेका छैनौँ ।’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ४२ बजे

सरकारका प्रवक्ताको जवाफ : सुकुम्बासी बस्ती हटाउने निर्णय भएको छैन

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले काठमाडौं उपत्यकाका सुकुम्बासी हटाउने तयारी गरिरहेका

चिकित्सकमाथि भएको दुर्व्यवहारप्रति चिकित्सक संघको आपत्तिे

काठमाडौं– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकमाथि भएको दुर्व्यवहार, धम्की

खानेपानी परियोजनालाई एडीबीबाट ऋण लिन वार्ता टोली गठन गरिने

काठमाडौं – सरकारले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि

बलुचिस्तानमा आक्रमण, नौ जनाको मृत्यु, एक विदेशी कामदार अपहरण

इस्लामावाद – पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा रहेको एक अन्वेषण तथा

सरकारी विज्ञापन निर्णयविरुद्ध पत्रकार महासंघद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं– नेपाल पत्रकार महासंघले तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई