संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

संविधानको मर्मअनुरुप नै मिडियासम्बन्धी कानून आउँछ : प्रधानमन्त्री ओली


१७ माघ २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान, कानून, निष्ठा एवं आदर्शअनुरुप नै सञ्चारसम्बन्धी ऐन/कानून बनाउने बताएका छन् ।

नेपाल टेलिभिजनको इटहरी प्रसारण केन्द्रको आज भिडियो कन्फेरेन्समार्फत उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले नागरिक समाज र मिडिया क्षेत्रका हरेक जायज सरोकार र मागहरुलाई जनताको सरकार भएको हैसियतमा वर्तमान सरकारले गम्भीरतापूर्वक सुन्ने, ग्रहण गर्ने र सम्बोधन गरेर अघि बढ्ने विश्वास दिलाउँदै त्यसमा कुनै प्रकारको आशङ्का र द्विविधा राख्नुपर्ने आवश्यकता नभएको पनि प्रस्ट पारे ।

प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा तीव्र गतिमा अग्रसर भइरहेको बताए । उनले भने, ‘देश सुशासन र विकासको बाटोमा तीव्र गतिमा अग्रसर भइरहेको अवस्थामा जनताको मनोबल बढाएर हाम्रो देश हामी बनाउन सक्छौँ, विकास गर्न सक्छौँ भन्नुपर्ने समय आएको छ । यस्तो बेलामा जनतामा नकारात्मक कुरा मात्रै पस्किने अथवा निराशातर्फ जनतालाई धकेल्ने खालका कुरा होइन, आशावादिता र आत्मविश्वास जगाउने काम गर्न जरुरी छ ।’

प्रधानमन्त्रीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा हासिल गर्न देशमा पछिल्लो समय विकास र समृद्धिको लक्ष्यका साथ धेरै राम्रा कामहरु भइरहेको बताए । उनले, ‘अभूतपूर्व विकासलाई आमसञ्चारका माध्यमले अझै राम्ररी जनतासमक्ष पुर्‍याउन जरुरी छ । हामीले त्यो काम अझै राम्ररी सम्पन्न गर्न सकेका छैनौँ ।’

प्रकाशित मिति : १७ माघ २०७६, शुक्रबार  ९ : ४२ बजे

सिन्धुपाल्चोकका किसान ड्रागनफ्रुट खेतीप्रति आकर्षित

चौतारा– वर्षमा दुई पटक फल दिने र खेती गर्न पनि

नेपाल टेलिकमको प्रगतिबारे प्रधानमन्त्रीलाई ब्रिफिङ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डिजिटल नेपाल फ्रेमवर्क, २०७६

भारतीय विदेशसचिव मिस्री र प्रधानसेनापति सिग्देलबीच भेट

 काठमाडौं– भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाली सेनाका प्रधानसेनापति अशोकराज

दक्षिण कोरिया र अमेरिकी सेनाद्वारा वार्षिक अभ्यास सुरु

सियोल- दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाले सोमबार आणविक हतियारयुक्त

फैसला कार्यान्वयनमा गृहमन्त्री आक्रामक : फरार अभियुक्त पक्राउ ६५ प्रतिशतले बढ्यो

काठमाडौं– गृह मन्त्रालयको नेतृत्व सम्हालेपछि नीतिगत र कानुनी सुधारलाई प्राथमिकता