अमेरिकामा एकै दिन थप २० हजार संक्रमित, ५६५ जनाको मृत्यु « Khabarhub

अमेरिकामा एकै दिन थप २० हजार संक्रमित, ५६५ जनाको मृत्यु


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अमेरिका- विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अहिले अमेरिकामा तीव्र देखिएको छ ।

चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमण यूरोपियन मुलुक हुँदै अहिले अमेरिकामा तीव्र देखिएको हो । युरोपियन मुलुकमा पनि कोरोनाको संक्रमण अपेक्षा गरेअनुरुप रोकिएको छैन ।

अमेरिकामा पछिल्लो २४ घण्टामा ५ सय ६५ जनाले ज्यान गुमाएका छन् । यो स‌ंगै अमेरिकामा ज्यान गुमाउनेको संख्या ३ हजार १ सय ४८ पुगेको छ ।

त्यसैगरी अमेरिकामा एकैदिन १९ हजार ९ सय ८८ जनामा संक्रमण देखिएसँगै संक्रमितहरुको संख्या १ लाख ६३ हजार ४ सय ७९ पुगेको छ । अमेरिकामा ५ हजार ५ सय ६ जना संक्रमित उपचारपछि निको भएका छन् । ३ हजार ५ सय १२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

यसैगरी इटालीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण एकै दिन ८ सय १२ जनाको मृत्यु भएको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यो समेत गरी कोरोना भाइरसका कारण इटालीमा मृत्यु हुनेको संख्या ११ हजार ५ सय ९१ पुगेको छ।

यस्तै स्पेनमा पनि कोरोना संक्रमणका कारण एकै दिन ९ सय १३ जनाको मृत्यु भएको छ। यो समेत गरेर स्पेनमा कोरोनाले ७ हजार ७ सय १६ जनाको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट ८७ हजार ९ सय ५६ जना संक्रमित भएका छन्।

यस्तै विश्वभर कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ३७ हजार ७ सय ८० पुगेको छ भने ७ लाख ८४ हजार ३८१ जना संक्रमित भएका छन्।

सँगसँगै १ लाख ६५ हजार ३५ संक्रमित भने उपचारपछि स्वस्थ भएका छन्।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ३२ बजे

विपिनको स्मृतिमा ‘विपिन चोक’ नामकरण

कञ्चनपुर– प्यालेस्टिनी लडाकु समूह हमासले बन्धक बनाएर मारिएका कञ्चनपुरका विपिन

जुम्लामा पाँच महिनामा पुँजीगत खर्च न्यून

जुम्ला– जुम्लामा कर्णाली प्रदेश सरकार मातहतभित्र पर्ने कार्यालयको चालु आर्थिक

रामेछापमा निर्वाचन प्रहरीको पर्याप्त आवेदन नपरेपछि पुनः माग

रामेछाप– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै

नेपालगञ्ज– बाँकेका दुर्गम स्थानमा कुष्ठरोगीको पहिचान खुल्दै जान थालेको छ

नागरिक आवास कार्यक्रम रकम कटौति भएपछि…

भोजपुर– सङ्घीय सरकारले बजेट नदिएपछि भोजपुरको रामप्रसाद राई गाउँपालिकाले सुरक्षित