छाडा चौपाय, बाँदर र चराचुरुङ्गीको आहारा व्यवस्था गर्दै महानगर | Khabarhub Khabarhub

छाडा चौपाय, बाँदर र चराचुरुङ्गीको आहारा व्यवस्था गर्दै महानगर


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं महानगरपालिकाले कोरोना भाइरस (कोभिड–१९) सम्वन्धि राहतवितरण मापदण्ड–२०७६ पारित गरेको छ ।

काठमाडौं महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यको अध्यक्षतामा सोमार बसेको ४३ औं नगर कार्यपालिका बैठक यो मापदण्ड पारित गरेको हो ।

कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसहरुलाई घर बाहिर निस्कन रोक लगाएकोलगायतका कारणले काठमाडौं महानगपालिका भित्र वसोवास गर्दै आएका असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचान गरी उनीहरुलाई तत्काल राहत उपलब्ध गराउन यस्तो मापदण्ड पारित गरेको प्रमुख शाक्यले जानकारी दिए ।

बैठकले पारित गरेको मापदण्डमा अभिभावक नभएका, आफ्नो आयश्रोत नभएका अरुको सहयोग एवं सहारामा बस्ने जस्तै अनाथ आश्रम, बृद्धाश्रम, संरक्षण गृह, मन्दिर गुम्बा, मस्जिदमा आश्रित भएका व्यक्तिलाई असाहय भनिएको छ ।

त्यसैगरी मापदण्डमा अतिविपन्नमा आन्दामीको कुनै स्थायी स्रोत नभएका, दैनिकी गुजार गर्न धौधौ भएका र सम्वन्धित वडाले अतिविपन्न भनी प्रमाणित गरेका व्यक्ति वा परिवार भनी उल्लेख गरिएको छ ।

संगठित संस्थामा काम गर्ने बाहेक काठमाडौं महानगरमा विगतदेखि दैनिक रुपमा ज्यालामजदुरी गर्दै आएका काठमाडौंमा घर–जग्गा नभएका भरियालगायतलाई दैनिक ज्यालादारीमा काम गर्ने व्यक्ति भनी मापदण्डले उल्लेख गरेको छ ।

त्यसैगरी बैठकले हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुको विवरण संकलन तत्कालै सुरुवात गर्ने पनि निर्णय गरेको छ ।

‘हालै विदेश भ्रमण गरी महानगरपालिकामा बस्दै आएका व्यक्तिहरुलाई समेत समान व्यवहार प्रस्तुत गर्दै सबैको विवरण संकलन गर्न सम्वन्धित वडाले तत्काल काम सुरु गर्ने निर्णय बैठकले गरेको छ,’ प्रमुख शाक्यले भने, ‘असाहय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्तिहरुको पहिचानमा विवरण संकलनले थप सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।’

त्यसैगरी बैठकले विवरण संकलनका लागि एकै प्रकारको फारम ३२ वटै वडालाई वितरण गरेको छ भने खाद्य सामाग्री पनि समान रुपमा वितरण गर्ने भएको छ ।

‘लकडाउनपछि अहिले खाद्यन्न, ग्याँसलगायतका सामाग्रीको अभाव हुने हो कि भन्ने धेरैमा आशंका उत्पन्न भएको छ,’ प्रमुख शाक्यले भने, ‘आजको बैठकले यस्तो समस्यालाई समेत हल गर्न र भीडभाड कम गराउन सुरक्षाकर्मी, जनप्रतिनिधिलगायतको सहयोगमा सबै काठमाडौं महानगवासीको घर–घरमा खाद्यन्न पुर्याउने, आपूर्ति ब्यवस्थालाई सहज बनाउन सम्वन्धित निकायसँग छलफल गरी अघि बढ्ने बैठकले निर्णय गरेको छ ।’

बैठकले पशुपंक्षी, चराचुरुङ्गीलगायतको बाँच्न पाउने अधिकार सुनिश्चित गर्नका लागि महानगरपालिकाले ३२ वटै वडाले उनीहरुलाई आहाराको व्यवस्था गर्ने निर्णय गरेको छ ।

‘लकडाउनका कारण मानिसको आवागमन नहुँदा र होटल, रेष्टुराँहरु सञ्चालन हुँदा सामूदायिक कुकुर, बाँदर र छाडा चौपायाले खानेकुरा खान नपाएको कुरालाई ध्यानमा राख्दै उनीहरुलाई आहाराको व्यवस्था गर्न ३२ वटै वडाले पहल गर्ने निर्णय भएको छ,’ प्रमुख शाक्यले भने, ‘राहत वितरणलगायतका लागि ठूला वडालाई चार, मझौला वडालाई तीन र साना वडालाई दुईलाख थप निकासा दिएका छौँ । आवश्यक पर्यो भने पुनः थप गर्ने निर्णय भएको छ ।’

उनले त्यहि रकमबाट सामूदायिक कुकुर, छाडा चौपाय, बाँदर र अन्य चराचुरुङ्गीलाई पनि आहाराको व्यवस्था गर्न वडालाई निर्देशन दिएको जानकारी दिए ।

त्यस्तै बैठकले ५ सय जनासम्मलाई राख्न मिल्ने ‘क्वारेन्टायन’को व्यवस्थापनका लागि ठाउँ खोजी गर्ने पनि निर्णय गरेको छ भने हिजो मात्रै लञ्च गरेको सूचनाप्रविधिमा आधारित ‘सर्भिलेन्स प्रणाली’लाई ३२ वटै वडामा प्रभावकारी बनाउने पनि निर्णय गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ४३ बजे

देशभरका शिवालयमा दर्शनार्थीको भीड (तस्बिरहरू)

काठमाडौं– हिन्दू धर्मावलम्बीहरूले महाशिवरात्रि पर्व आज देशभरका शिवालयमा विधिपूर्वक पूजा,

अपाङ्गता भएकालाई घरमै नागरिकता

तनहुँ– जिल्ला प्रशासन कार्यालयले अपाङ्गता भएका एक किशोरलाई घरमै पुगेर

मलेखुमा ट्याक्टर दुर्घटना, दुई युवकको मृत्यु

धादिङ– धादिङको गल्छी गाउँपालिका–३ गुप्तेश्वरी मन्दिरमा पानीको ट्याङ्कर लिएर गएको

के सकिएकै हो अमेरिका र रुसको तिक्तता ?

सोमबार राति विश्व राजनीतिका लागि एउटा महत्त्वपूर्ण संयोग देखा परेको

प्रधानमन्त्री ओलीबाट महाशिवरात्रिको शुभकामना

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण हिन्दू धर्मावलम्बीहरूमा महाशिवरात्रि पर्व