चैते दशैंमा वर्तालुले पालन गर्नुपर्ने १० नियम « Khabarhub

चैते दशैंमा वर्तालुले पालन गर्नुपर्ने १० नियम


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

चैत १९ गते बुधबार चैते दशैं । चैत १२ गतेबाट शुरु भएको चैते दशैको यस अवधीमा दुर्गा भवानीको आराधना हुँदै आएको छ ।

विश्वभर कोरोनाको संक्रमण फैलिएका कारणले र नेपालमा समेत कोरोनाको जोखिम उच्च रहेकाले देश लकडाउनमा छ ।

त्यसैले यस पटकको चैते दशैं उल्लासम हुन सकेको छैन । तथापी चैतको दशैंको समेत विशेष महत्व छ ।

चैतको दशैंको अवधीमा व्रत बस्ने वा दुर्गा भवानीको उपासना गर्नेहरुमा मनोबाञ्छित फल तथा दैवीय कृपा प्राप्त हुने धार्मीक विश्वास छ ।

साथै यस दुर्गा पुजनका कालमा ब्रतालुले केहि नियमहरु पालना गर्नुपर्ने हुन्छ । अन्यथा दुर्गा भवानीको पूजापाठका क्रममा भएका जानअन्जानका गल्तीका कारण आफैमा हानि पनि हुनसक्छ ।

१. पूजाको दौरानमा पूजा स्थल वा बासस्थान आसपासमा फोहोर हुनुहुदैन ।

२. ब्रतकर्ताले भूलेर पनि फोहोर वा नुहाउनुअघि लगाउको लुगा लगाउनु हुदैन ।

३. चैते दशैंका दिन ननुहाई दुर्गा भवानीको उपासना गर्नुहुदैन ।

४. विष्णु पुराणका अनुसार, नवरात्र व्रतका अवधीमा दिउँसो सुत्नु हुदैन ।

५. ब्रतालुसहित घरका अन्य सदस्यले अष्टमीको दिन अघि माछामासु, अण्डा तथा मदिरा सेवन गर्नुहुदैन ।

६. फलाहार गर्दा घुमेर खानु हुदैन । फलाहार ग्रहण गर्दा हमेशा एकै स्थानमा बस्नु पर्दछ ।

७. दुर्गा चालीसा, मन्त्र वा सप्तशती पाठ गरिरहनु भएको छ भने अरुसंग बोल्नु हुदैन ।

८. यस अवधीमा दारी, नङ वा कपाल काट्नु हुदैन ।

९. यस अवधीमा ब्रतालुले ब्रह्मचर्यको पालना गर्नु पर्दछ ।

१०. व्रत बस्दा दशैंको दिन अर्थात अष्टमीसम्म यि सबै नियमको पालना गर्नुपर्दछ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : ०२ बजे

मेक्सिकोको सिनालोआस्थित कारागारमा दङ्गा, १० जनाको मृत्यु

एजेन्सी – उत्तरपश्चिमी मेक्सिकोको सिनालोआ राज्यस्थित एल क्यास्टिलो कारागारमा बिहीबार भएको

निलम्बित एआईजी दाहालमाथि कारबाही गर्न सिफारिस

काठमाडौं- निलम्बनमा परेका सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज

शिक्षकलाई गाडी किन्न सहुलियत, उत्कृष्ट माविलाई ५० लाखसम्म

काठमाडौं -शिक्षकलाई सवारी साधन खरिदमा ब्याज सहुलियत दिने व्यवस्थासहितको  शिक्षा

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी– पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा

बाढीले पुलमा क्षति पुर्‍याएपछि यातायात ठप्प, पर्यटन र व्यापारमा असर

बागलुङ– चाडबाडको समयमा पछिल्ला केही वर्षयता बागलुङका विभिन्न गन्तव्यमा पर्यटक