कोरोना बारेका यी तीन हल्लामा कति सत्यता « Khabarhub

कोरोना बारेका यी तीन हल्लामा कति सत्यता


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विश्वभर कोरोनाको संक्रमणले महामारीको रुप लिइ रहेको बेला यसबारे केहि भ्रम तथा हल्लाहरुले समेत स्थान पाउने गरेका छन् ।

जसका कारण मानिसले उचित जानकारी नपाउँदा तिनै भ्रममा विश्वास गर्नुपर्ने बाध्यता बनिदिन्छ । आज हामी त्यस्तै बाहिर हल्लामा रहेका ३ बिषयका बारेमा जानकारी दिदैछौ ।

के घरपालुवा कुकुरबाट कोरोना सर्ने सभावना हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार जनावरको असुरक्षित सम्पर्कबाट कोरोनाको संक्रमण हुने सम्भावना हुन्छ । त्यसैले पशुको असुरक्षित सम्पर्क हुनबाट जोगिनु पर्दछ ।

तर घरभित्र कैद रहेका, बाहिरी सम्पर्कमा नआएका र कोरोना फैलने तत्वबाट जोगिएका अवस्थामा घरपालुवा जनावरबाट कोरोना सर्दैन ।

जनावर छोएकै भरमा कोरोना सर्छ भन्ने हुदैन, तर यि जनावरबाट कोरोना सर्ने जोखिम भने उच्च हुन्छ । त्यसैले तत्कालका लागी घरपालुवा जनावारबाट अलग्गै रहनु उत्तम हुन्छ ।

के वृद्ध मानिस मात्र कोरोनाको संक्रमित हुन्छन् ?

कतिपय समचारमा कोरोनाको संक्रमित हुने मानिसहरु वृद्ध मात्र हुने गरेको उल्लेख हुन्छ । तर नेपालका ५ संक्रमितको उमेर हेर्नु भयो भने ति सबै युवा उमेर समुहका छन् ।

त्यसैले कोरोनाले वृद्ध, बालबालिका वा युवा केहि भन्दैन । तर दिर्घ रोग, कमजोर रोग प्रतिरोधी क्षमता भएकाहरुमा कोरोनाको संक्रमण हुन सक्दछ ।

त्यसैले पाको उमेरका मानिसमा यसको संक्रमण हुने सम्भावना प्रबल भए पनि सर्तकता राखेमा यसको संक्रमण हुने सम्भावना न्युन रहन्छ ।

के कोरोना भाइरसको संक्रमण रोक्न एन्टिबायोटिक्स औषधि उपयुक्त हुन्छन् ?

कुनै पनि रोगमा छिटो वा सहज रुपमा एन्टीबायोटिक्स औषधिले काम गर्ने भए पनि कोरोनाको हकमा भने यो सम्भव छैन ।

अहिलेसम्म बिभिन्न देशमा यस बारेमा परीक्षण भइसकेको छ । तर एन्टिबायोटिक्स औषधिको सेवन गरेको भरमा कुनै पनि कोरोना संक्रमित निको भएका छैनन् ।

एन्टिबायोटिक्सले केवल ब्याक्टेरियल इन्फेक्शन रोक्ने काम गर्दछ । कोरोना भाइरस एक प्रकारको भाइरस भएकाले यसको उपचारमा एन्टिबायोटिक्सका दवाई उपयोगी हुदैनन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : १३ बजे

एनपीएलले आईसीसीको मान्यता पाएसँगै नेपाली क्रिकेट अन्तर्राष्ट्रिय स्तरमा : क्यान

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)ले आईसीसीबाट

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले