श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जादाँ कोरोना संक्रमित भएपछि… « Khabarhub

श्रीमतीलाई ढाटेर प्रेमिका भेट्न जादाँ कोरोना संक्रमित भएपछि…


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

आजकल प्रायः मानिस बोलीचालीका क्रममा केहि न केहि झुट बोल्ने गर्दछन् । यस्ता झुटले सामान्य जीवनमा कुनै ठुलो असर नपारे पनि यसको लत भने बस्न जान्छ ।

जसका कारण मानिसले अरुको विश्वास पाउन झुटको सहरा लिने गर्दछन् । तर एक मानिसका लागी भने उनले बोलेको झुट निकै महंगो साबित भएको छ ।

विश्वभर कोरोना भाइरसको महामारी फैलिएका बेला एक ब्यक्तिलाई झुट बोलेर गर्लफ्रेण्ड भेट्न जादाँ उनी स्वयम् संक्रमित भएका छन् ।

बेलायतका एक व्यापारीमा कोरोना भाइरसको संक्रमण भेटिएपछि उनी निकै तनावमा छन् । तर उनको तनाव भने कोरोनाको संक्रमण भने होइन, उनले बोलेको झुट हो ।

४० बर्षीय बेलायती एक ब्यापारी व्यापारिक भ्रमणमा जाने भन्दै आफ्नी श्रीमतीलाई ढाँटेर प्रेमिका भेट्न पुगे । बेलायतमा नै घुम्छु भनेर निस्किएका उनी प्रेमिका भेट्न इटाली पुगे ।

यसरी उनले आफ्नी श्रीमतीलाई झुक्याउन त सके तर इटलीमा फैलिएको कोरोना संक्रमण भने बोकेर उनी बेलायत आए । जसका कारण घर फर्किए लगत्तै ती ब्यापारीमा कोरोनाको लक्षण देखिएको छ ।

हालसम्म उनले आफ्नी श्रीमतीलाई आफुलाई बेलायतमै कोरोना संक्रमण भएको बताएका छन् । तर चिकित्सक माझमा भने उनले इटालीको भ्रमणबारे सुनाएका थिए ।

उनले श्रीमतीलाई ढाँटेर प्रेमिका भेट्न इटाली गएको त सुनाए । तर चिकित्सकले भने यस कुराको गोप्यता राखेनन्, उनीहरुले ती ब्यापारीको पोल पत्रकार माझ खोलिदिए ।

हुनत अहिलेसम्म चिकित्सकबाहेक उनकी श्रीमतीलाई श्रीमान् संक्रमित भएका बारेमा इटालीको भ्रमण र उनकी प्रेमिकाको हात छ भन्ने थाहा छैन ।

तर जुन दिन उनले थाहा पाउलिन् त्यो दिन भने के होला ? स्रोत न्यूजट्रयाक

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ७ : २२ बजे

विश्वकप: मेसी र एम्बाप्पेलाई पछ्याउँदै हालान्ड र केन, कसले जित्ला गोल्डेन बुट ?

काठमाडौँ – फिफा विश्वकप २०२६ को उपाधि कसले जित्ला भन्ने

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको आकर्षण बढ्दो

कञ्चनपुर– सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा

बागलुङमा बर्सेनि बढ्दै एचआइभी सङ्क्रमित

ढोरपाटन– बागलुङमा एचआइभी सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । चालु

मुगुमा ३०६ मेगावाटको माथिल्लो मुगु कर्णाली जलविद्युत् आयोजना निर्माण हुने

सुर्खेत- मुगुको कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा निर्माण हुने ३०६

राष्ट्रपतिले गरे चार विधेयक प्रमाणीकरण

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चारवटा विधेयक प्रमाणीकरण