महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप | Khabarhub Khabarhub

महिना दिनको हाजिर गरी स्वास्थ्य इन्चार्जसहित स्वास्थ्यकर्मी टाप


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको डाडाफया स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरू चैत अन्तिमसम्मको हाजिर गरी टाप कसेका छन् ।

सिमकोट गाउँपालिका–७ मा रहेको डाडाफया स्वास्थ्यचौकीका इन्चार्जसहित अन्य स्वास्थ्यकर्मीले कार्यालयमा पुगी यो महिनाभरि शनिबारको समेत हाजिर गरी फिर्ता भएका छन् ।

चीनबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण नेपालमा देखिएपछि सरकारले स्वास्थ्यकर्मीलाई स्वास्थ्य संस्था नछाड्न निर्देशन दिएका बेला हुम्लामा ठिक त्यसको उल्टो भएको छ ।

अहिले डाडाफया स्वास्थ्यचौकीमा औषधिको नाममा एक सिटामोल र करारमा खटिएका एक अनमी मात्रै छन् । अन्य सरकारी स्वास्थ्यकर्मी स्वास्थ्य संस्था छाडेर निजी काममा व्यस्त देखिएको स्थानीयवासीले बताएका छन् ।

स्वास्थ्यचौकीमा दुई अहेब, एक स्वास्थ्यचौकी इन्चार्ज (एचए), तीन अनमी र एक कार्यालय सहयोगी गरी सात जनाको दरबन्दी रहे पनि अहिले करारमा रहेका एक अनमीले मात्रै स्वास्थ्यचौकी थेग्नुपरेको छ । यही चैत ८ गतेदेखि स्वास्थ्यचौकी संयोजकसहित अन्य स्वास्थ्यकर्मीविहीन बनेको स्थानीयवासी टसी विकले जानकारी दिए ।

अहिले डाडाफयाका स्थानीयवासी सामान्य उपचारका लागि स्वास्थ्य चौकी पुगे पनि औषधि र कर्मचारी नहुँदा रित्तो हात लिएर फिर्ता हुनुपर्ने अवस्था आएको स्थानीयवासी बाँचु शाहीले गुनासो गरे ।

करारमा रहेकी अनमी सङ्गीता रोकायाले बिहानदेखि बेलुकासम्म स्वास्थ्यचौकी सम्हाल्दै आएको उनले बताए । पहिला गाउँको स्वास्थचौकीमै औषधि पाइन्थ्यो, अहिले सिटामोलसमेत पाउन मुस्किल भएको शाहीले गुनासो गरे ।

स्वास्थ्यचौकीमा केही मात्रामा औषधि भए पनि बालबालिकाका लागि प्रयोग गरिने औषधि केही पनि नभएको अनमी सङ्गीता रोकायाले बताइन । कार्यालय सहयोगीलाई औषधि ल्याउनका लागि सदरमुकाम पठाए पनि औषधि लिएर आइनपुगेको उनको भनाई छ । स्वास्थ्यचौकीका संयोजकलाई फोन गर्दा फोन नउठेको उनले बताइन ।

यता सिमकोट गाउँपालिका स्वास्थ्य संयोजक दानबहादुर बोहराले शनिबार हाजिर गर्न नमिल्ने र बिदामा पनि नबस्न सरकारले ह्वीप जारी गरेका बेला त्यस्तो गरेको पाइए कारवाही गरिने बताए ।

आइतबार मात्रै औषधि अभाव भएको खबर आएपछि डाडाफया स्वास्थ्यचौकीकालाई आवश्यक पर्ने औषधि पठाइसकेको संयोजक बोहराले बताए । यस्तै जिल्लाको तल्लो क्षेत्रमा रहेको रिप स्वास्थ्यचौकीमा पनि औषधिको अभाव रहेको पाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ८ : ४८ बजे

समितिको निष्कर्ष : दुर्गा प्रसाईंको हतियार इजाजत दिन मिल्ने खालको होइन

काठमाडौं- गृह मन्त्रालयले गठन गरेको हतियारको इजाजत तथा नवीकरण सम्बन्धी

‘बोक्सीको घर’ ले तीन दिनमा कति कमायो ?

काठमाडौं–  अभिनेत्री केकी अधिकारीको फिल्म ‘बोक्सीको घर’ ले सुरुवाती तीन

बागमती प्रदेशसभा सचिवालयद्वारा वैशाख २१ गते सर्वदलीय बैठक आह्वान

हेटौँडा– बागमती प्रदेशसभा सचिवालयले यही वैशाख २१ गते दिउँसो १

शेखरको तर्क : अहिलेको निर्वाचन प्रणाली फेर्न कांग्रेस र एमाले मिल्नु पर्छ

झापा- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सोमबार सम्पन्न तेस्रो

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा