लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप | Khabarhub Khabarhub

लमजुङको मर्स्याङ्दीमा चिनियाँ नागरिक र स्थानीयवासीबीच झडप


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मर्स्याङदी गाउँपालिका – ६ ठूलोबेसीमा चिनियाँ नागरिक र स्थानीय बासिन्दाबीच झडप भएको छ ।

स्थानीयहरुले लकडाउनको बेला निर्माण कम्पनीले निर्माण सामग्री ल्याएको भन्दै बिरोध गरेपछि झडपको भएको हो।

न्यादी हाईड्रोपावरका लागि आवश्यक सामाग्री लिएर दुईवटा ट्रक आएपछि गाउँलेहरुले लकडाउनमा किन चहलपहल गरेको भन्दै प्रश्न उठाउँदा चिनियाँ नागरिक कुटपिटममा उत्रिएको वडा ६ की जनप्रतिनीधि डिलमाया थापाले जानकारी दिइन् ।

स्थानीय पत्रकार नबिन कुईकेलका अनुसार स्थानीयले बाटोमा लगाएको तार जाली समेत फाल्दै हाईड्रोपवरले सामान गाउँमा भित्र्याएपछि स्थानीयहरु आक्रशित भएका थिए ।

आफुहरु घरबाट निस्कन समेत नपाएको तर चिनीयाहरुले भने सामग्री ल्याएपछि कोरोनाको डर बढेको भन्दै स्थानीयवासीले बिरोध गरेका थिए ।

अवस्था असामान्य बनेपछि त्यहाँ प्रहरी समेत परिचालन गरिएको छ ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ९ : ३३ बजे

निगमले बुझायो किस्तावापतको ५३ करोड

काठमाडौं– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जहाज खरिद गर्न

डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न

काठमाडौं– डिभिजन वन कार्यालय आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बलेवा– डोकोभरि स्याउला बोकेर जंगल हुँदै घर हिँडेका गोठाला आजभोलि

दक्षिण कोरियाको आइसीटी निर्यातमा वृद्धि

सोल– दक्षिण कोरियाको सूचना र सञ्चार प्रविधि (आइसीटी) उत्पादनको निर्यात

सुदूरपश्चिममा कांग्रेससँग मिलेर सरकार बन्छ, केन्द्रमा जे पनि हुन सक्छ : राजेन्द्र पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीले सरकार छाड्ने संकेत देखाएको छ ।