धार्चुलामा अलपत्र ५ सय भन्दा बढी नेपाली उतै क्वारेन्टाइनमा « Khabarhub

धार्चुलामा अलपत्र ५ सय भन्दा बढी नेपाली उतै क्वारेन्टाइनमा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल र भारतको सीमावर्ती क्षेत्र दार्चुलामा अलपत्र परेका ५ सय ६३ जना नेपालीलाई भारतमै क्वारेन्टाइनमा राखिएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाका अनुसार उनीहरुलाई खानपिनको व्यवस्थासहित भारत सरकारले नै १४ दिनसम्म धार्चुलामै क्वारेन्टाइनमा राखेपछि त्यहाँ रहेका नेपालीहरु अरु १४ दिन नेपाल आउन पाउने छैनन् ।

भारतको पिथौरागढका विभिन्न क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ जना नेपालीले तीन दिनसम्म लगातार नाराबाजी गर्दै नेपाल प्रवेशको माग गरेपनि अन्ततः उनीहरुलाई भारतकै धार्चुलामा क्वारेन्टाइनमा राखिएको हो ।

उनीहरुलाई धार्चुलामा रहेको एउटा सार्वजनिक विद्यालय र केही सार्वजनिक स्थानका ४ वटा सेल्टरमा राखिएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेक सिंह कुँवरले जानकारी दिए ।

‘हामिले उतै व्यवस्थापन मिलाइसक्यौं, अब अरु १४ दिन आउने अवस्था छैन’, कुँवरले खबरहबसँग भने ।

पिथौरागढ, डिडिहाट, मसुरीलगायतका क्षेत्रमा काम गरी फर्किएका ५ सय ६३ नेपाली चार दिनदेखि दार्चुला सीमामा अलपत्र परेका थिए । उनीहरुले महाकाली किनारामा नेपाल प्रवेश गर्न पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

सोमबार जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतीय अधिकारीहरुसँग धार्चुलामा खाना बस्न व्यवस्थासहित क्वारेन्टाइनमा राख्ने सहमति भएपछि नेपाल आउन खोजेका उनीहरुलाई तत्कालका लागि क्वारेन्टाइनमा राखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए ।

नेपालीहरुलाई भारतले धार्चुलामा व्यवस्थापन गरिरहँदा दार्चुलामा रहेका भारतीयलाई भने नेपालले व्यवस्थापन गर्ने सहमति भएको पौडेलले बताए ।

नेपाल–भारत दुवैतर्फ लकडाउन भएपछि भारतका विभिन्न स्थानमा मजदुरी गर्ने उनीहरु तीन दिन पैदल हिडेर धार्चुला आइपुगेका थिए । तर प्रशासनले लकडाउनमा नेपाल छिर्न नदिने सरकारको आदेश भएको भन्दै उनीहरुलाई सीमानामा नै रोक्दै आएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ०८ बजे

नेपालको लगातार चौथो हार, नेदरल्यान्ड्ससँग ५७ रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा जारी ओडीआई

यातायात क्षेत्रलाई राज्यले संकटमा पार्दैछ : भीमज्वाला राई

काठमाडौं – चर्को जरिवाना र चालकलाई जसरीपनि जेल सजायको व्यवस्था

‘पाथीभरा माता’ नामले परिचित समीर थापा पक्राउ

सुर्खेत – झारफुक तथा हेराइ–मनाइ गर्ने भन्दै मानिसमाथि दुर्व्यवहार गरेको

प्रहरीले हटाइदियो माइतीघरमा लघुवित्त पीडितले बनाएका अस्थायी संरचना (तस्बिरहरू)

काठमाडौं – माइतीघरमा रात कटाउन लघुवित्त पीडितहरूले बनाएको अस्थायी संरचना

चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध

हङकङ – संयुक्त राज्य अमेरिकाको सङ्घीय सञ्चार आयोग (एफसीसी)ले राष्ट्रिय