लकाडाउनका कारण बाटोमा अलपत्र परेकालाई सहयोग गर्न तरुण दलको परिपत्र | Khabarhub Khabarhub

लकाडाउनका कारण बाटोमा अलपत्र परेकालाई सहयोग गर्न तरुण दलको परिपत्र


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले ‘लकडाउन’का कारण आफ्नो गन्तव्यसम्म पुग्न नपाई बीच बाटोमा अलपत्र परेका व्यक्तिलाई प्रशासनको सहयोगमा गन्तव्यसम्म पुग्न र खान बस्नको व्यवस्थापन गर्न आफ्ना जिल्ला समितिहरुलाई परिपत्र गरेको छ ।

तरुण दलले आज एक परिपत्रमार्फत लकडाउनका कारण सीमानाकामा अलपत्र नेपालीलाई तोकिएको समय क्वारेन्टाइनमा बस्ने गरी नेपाल भित्रिने सहज वातावरण मिलाउन आफ्ना सम्बन्धित जिल्ला अध्यक्षलाई स्थानीय प्रशासनसँग समन्वय गर्न निर्देशन गरेको हो ।

तरुण दलका अध्यक्ष जीतजङ्ग बस्नेतले परिपत्रमार्फत कोरोना भाइरसको सङ्क्रमणबाट जोगिन सरकारले लागू गरेको लकडाउनको अवधिमा दैनिक जनजीवन कठिन हुने र यस्तो अवस्थामा स्थानीय प्रशासनसँग अनुमति लिई नियम क्रियाकलापमा सहजीकरण गर्न सबै जिल्ला अध्यक्षलाई आग्रह गरेका हुन् । उनले सबै जिल्ला कार्यसमितिलाई बाहिरी मुलुकबाट आएका व्यक्ति क्वारेन्टाइनसम्म पुग्न नसकेका र नपुगेका भए स्थानीय प्रशासनसँग सहयोग लिई गन्तव्यसम्म पुग्ने वातावरणको सिर्जना गरी सहयोग गर्न निर्देशन दिएका छन् ।

सरकारले लागू गरेको लकडाउनको पूर्णपालना गर्न र गराउन आवश्यक भूमिका निर्वाह गर्न, देशका विभिन्न भू–भागबाट सबै जिल्लामा बसोबास गर्ने व्यक्तिलाई कुनै समस्या परेको भए त्यसको समस्या समाधान गर्न सहयोग गर्न र दैनिक ज्याला मजदुरी गरी छाक टार्ने वर्गलाई निर्वाहका लागि आवश्यक सहयोग गर्न तरुण दलले आफ्ना जिल्ला समितिलाई परिपत्र गरेको छ ।

खाद्यान्न, तरकारी, दूध, औषधि, पानीलगायत दैनिक उपभोग्य सामानको खरिद गर्दा भीडभाड हुने भएकाले केही सजगता र एकअर्काबीच दूरी कायम गर्न तथा स्थानीय प्रशासनको समन्वयमा खरिद प्रक्रियामा सहजीकरण गर्नसमेत अध्यक्ष बस्नेतले परिपत्र गरेका छन् ।

तरुण दलले अति आवश्यक कामबाहेक अन्य काममा घर बाहिर ननिस्की सुरक्षित तरिकाले घरमै बसी केही समयलाई समाजिक दूरी कायम गर्न सबैलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  १० : ४४ बजे

बझाङमा बाजी मारेका दमन, जसले भत्काए कांग्रेसको विरासत

बझाङ प्रदेश सभा १ को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर

नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगंजमा शुरु

वीरगंज– नेकपा एमाले पर्साको ९औँ जिल्ला अधिवेशन वीरगञ्जमा सुरु भएको

घुस लिएको आरोपमा वडाध्यक्षविरुद्ध मुद्दा दर्ता

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कपिलवस्तुको महाराजगंज नगरपालिका-२ का वडाध्यक्षविरुद्ध

इलाम २ मा सुहाङ ५३ सय मतले अगाडि, मिलनले २ हजार कटाए

इलाम– इलाम क्षेत्र नम्बर २ अन्तर्गत देउमाई नगरपालिकाको मतगणना जारी

एनसीसी र क्रोएसियाका व्यवसायीबीच सहकार्य गर्ने समझदारी

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र क्रोएसियाली व्यवसायीबीच