लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा | Khabarhub Khabarhub

लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली– कोरोना भाइरस कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलाइसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् ।

दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलाइसिस केन्द्रमा डायलाइसिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलाइसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गरे । सामान्यावस्थामा  ३० देखि ५० रुपैयाँ भाडा तिरेर दमौली आउने गरे पनि अहिले एम्बुलेन्स भाडामा लिँदा १ हजारदेखि १ हजार ५ सय रुपैयाँसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

‘सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलाइसिस गराउन जानैपर्‍यो,’ उनले भने, ‘आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।’ उनले हप्तामा दुई पटक डायलाइसिस गराइरहेका छन् ।

सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलाइसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराका अनिशा सुवेदीले बताए । ‘प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलाइसिस गराइरहेको छु,’ उनले गुनासो गरे, ‘लकडाउनका कारण डायलाइसिस गराउन समस्या परेको छ ।’

म्याग्दे गाउँपालिका–१ गुणादीका दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलाइसिस गराउन आउने गरेको बताए । ‘प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु,’ उनेले भने ।

मिर्गौलापीडितले नियमित रुपमा डायलाइसिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलाइसिस गर्ने बिरामीको सङ्ख्या नघटेको डायलाइसिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिए । ‘लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलाइसिस गराउनुपर्ने भएकाले जसोतसो आइरहनुभएको छ,’ उनले भने ।

विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलाइसिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षका अवधिमा २४ हजार ९८६ पटक डायलाइसिस सेवा प्रदान गरेको छ । पण्डितका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलाइसिस सेवा लिएका छन् । केन्द्रमा नियमित डायलाइसिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ छ । पण्डितका अनुसार हप्तामा दुई पटक डायलाइसिस सेवा लिने मिर्गौला पीडित ६६ र हप्तामा तीन पटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना छन् । केन्द्रमा डायलासिस गराउने नौ उपकरण छ ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलाइसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधनका स्मृतिमा शुरुमा रु एक करोड सहयोग गर्नुभएको थियो भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग गर्नुभएको थियो । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन उपकरण थप गरिएछि केन्द्रमा हाल नौ डायलाइसिस उपकरण छ ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ११ : ३८ बजे

नाफा बढेसँगै श्रृजनशील लघुवित्तको शेयरमा सकारात्मक सर्किट, प्रतिशेयर नेटवर्थ कति ?

काठमाडौं – आइतबार नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८ अंक बढ्दा

अर्थमन्त्री पुनको तर्क- कसैको स्वार्थ हेर्दिन, मुलुकको स्वार्थ हेर्छु

काठमाडौं– अर्थमन्त्री वर्षमान पुन अनन्तले मनोमानी रूपमा करका दर हेरफेर

प्रधानमन्त्रीको तर्क- कांग्रेससँग संवादमा छु, संसदमा राष्ट्रपतिले बाेल्न पाउनु हुन्छ

चितवन– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले केही दिनमा नै संसद्को

मिरुनालाई पाउन दयाहाङलाई ‘घर ज्वाइँ’को विकल्प

काठमाडौं- अनिल बुढा मगरले निर्देशन गरेको फिल्म ‘घर ज्वाइँ’को टिजर

स्वदेशी मह चखाउन कर्णालीदेखि काठमाडौंसम्म !

काठमाडौं – ‘आउनुहोस्‌ ! शुद्ध मह चाख्नुहोस र लैजानुहोस्‌, हाम्रो