ग्यास सकियो ? अब फोन गरेरै पाउनुस् ग्यास « Khabarhub

ग्यास सकियो ? अब फोन गरेरै पाउनुस् ग्यास


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस(कोभिड १९) संक्रमण फैलन सक्ने भन्दै सरकारले लकडाउन गरेको छ ।

लकडाउनका समयमा मानिसहरुलाई घर बाहिर ननिस्कन सरकारले अपिल गरेको छ भने बाहिर निस्कनेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

लकडाउनका कारण मानिसहरु दैनिक उपभोग्य सामाग्री, ग्यास लगायतका चिज सकिएर हैरान परेका छन् ।

केही समय यतादेखि बजारमा ग्यास लगायत विषय बस्तुको अभाव रहेको छ ।

लकडाउनका कारण समस्यामा परेका नागरिकलाई नेपाल आयल निगमले आज(मंगलबार) देखि घुम्ती सेवामार्फत खाना पकाउने ग्यास वितरण शुरु गरेको छ ।

ग्यास नपाएको भन्ने गुनासा आएकाले तोकिएको खुद्रा मूल्य लिई घुम्ती सेवामार्फत एलपी ग्यास बिक्री वितरण सुरु गरिएको निगमले जानकारी दिएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार साधारण उपभोक्तालाई १२ वर्गमा विभाजन गरी ग्यास वितरण थालिएको उनले बताए ।

त्यस्तैगरी अनाथालय, फरक क्षमता भएका अपांग, किरिया बसेको घर, बाल आश्रम, पुनर्उत्थान केन्द्र, कारागार, निःशुल्क भोजन गराउने निकाय, सरकारले तोकेको क्वारेन्टाइन र अत्यावश्यक काममा खटिएका मजदुर र कर्मचारी गरी १२ वर्गलाई प्राथमिकतामा राखी ग्यास वितरण गरिने निगमले जनाएको छ ।

अति आवश्यक पर्ने उपभोक्ताले फोनमा सम्पर्क गरेर ग्यास लिन सकिने निगमले जनाएको छ । तर यो सेवा अहिले भने रिङरोड सम्ममात्र लागू हुने ।

प्रवक्ता उपाध्यायले निगमले अस्पताल, वृद्धाश्रम, बिरामी र असहाय, अनाथालय, फरक क्षमता भएकालाई प्राथमिकता दिइने जानकारी दिए ।

आयन निगमका अनुयार यी नम्बरमा सम्पर्क गरेर ग्यास लिन सकिनेछ । सम्पर्क नम्बर : ९८५१२०१२६२, ९८५१०६७७२४, ९८४७९५३१६३,४२६४६००, ४२६३४८५,

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  २ : ३३ बजे

पोखरामा माटोको ढिस्कोले पुरिँदा दुई जनाको मृत्यु

काठमाडौँ । पोखरा महानगरपालिका-१८ अधेरीकुनामा घरको जग खन्ने क्रममा माटोको

नापी अधिकृत डिल्ली बहादुर वलीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौँ । काठमाडौं नापी कार्यालय, डिल्लीबजार, ३ नं. नापी टोली

सङ्खुवासभामा स्क्रब टाइफसका बिरामी ५६० पुगे

सङ्खुवासभा – जिल्लामा हालसम्म स्क्रब टाइफस सङ्क्रमितको सङ्ख्या ५६० पुगेको

काठमाडौँको बूढानीलकण्ठबाट २१ किलो सुनसहित ३ जना चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । काठमाडौँको बूढानीलकण्ठमा बरामद झण्डै २२ किलो सुन चिनियाँ

विश्व दृष्टि दिवसका अवसरमा दुई हजार ८२३ जनाको आँखा परीक्षण

काठमाडौं – विश्व दृष्टि दिवस २०२६ का अवसरमा त्रिपुरेश्वरस्थित नेपाल