राज्यमन्त्री मानन्धरले भने- दैनिकी चलाउन समस्या भए तत्काल फोन गर्नुस् | Khabarhub Khabarhub

राज्यमन्त्री मानन्धरले भने- दैनिकी चलाउन समस्या भए तत्काल फोन गर्नुस्


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले लकडाउनका कारण समस्यामा परेका सर्वसाधारणलाई सिधै आफूसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

काठमाडौैभित्र समस्यामा परेका सर्वसाधारणलाई सहजीकरणका लागि आफू तयार रहेको मन्त्री मानन्धरले बताए ।

काठमाडौं क्षेत्र नम्वर ७ का निर्वाचित सांसद समेत रहेका मन्त्री मानन्धरले लकडाउनका क्रममा सर्वसाधारणलाई पर्नसक्ने समस्या समाधानका लागि आफू २४ सै घण्टा तयार रहेको बताए ।

मन्त्री मानन्धरले आफुसहित आफ्नो सचिवालयका सदस्यहरुसँग सिधा सम्पर्क गरेर समस्या राख्न आग्रह समेत गरेका छन् ।

लकडाउनको सीमा बढेसँगै देशभरका जनताको दैनिकीमा समस्या नआओस् भन्नेमा सरकार सतर्क रहेको बताउँदै मन्त्री मानन्धरले सहरी क्षेत्रका सर्वसाधारणको सिमिततालाई मध्यनजर गर्दै काठमाडौंका जनतासँग हातेमालो गर्न आफू तयार रहेको बताए ।

देशभर सरकारले संयन्त्र बनाएर जनताको जीवन रक्षाका लागि तिब्र रुपमा महत्वपुर्ण काम गरिरहेको बताउँदै मन्त्री मानन्धरले तत्काल काठमाडौंका जनतामा पर्ने समस्या समाधानका लागि आफूले सहजिकरण गरिरहेको बताए ।

कोरोना भाइरसविरुद्धको महायुद्धमा विश्वनै होमिइरहेको अवस्थामा नेपाल सरकारको पहिलो दायित्व जनताको जीवन रक्षा भएको बताउँदै मन्त्री मानन्धरले जनतालाई कुनै समस्यामा पर्न नदिन सरकारले विभिन्न राहत प्याकेज ल्याइसकेको पनि बताएका छन् ।

मन्त्री मानन्धरले विषम परिस्थितिमा मुलुक रहेकाले सिमीतताका बीचमा दैनिकी चलाउन पनि आग्रह गरेका छन् । यस्तो समयमा घर भित्रै बसेर सरकारले गरिरहेको पहललाई साथ दिन आम नागरिकलाई मन्त्री मानन्धरले आह्वान समेत गरेका छन् ।

मन्त्री मानन्धरले सहरी क्षेत्रका मजदुर र आर्थिक अवस्था कमजोर भएका बर्गका नागरिकका लागि सहयोग गर्न चाहनेहरुले एकद्वार प्रणाली मार्फत् सहयोग गर्न सक्ने पनि बताएका छन् ।

मन्त्री मानन्धरले काठमाडौंमा समस्यामा परेका सर्वसाधारणलाइ आफ्नो मोबाइल नम्वर ९८५११५९५९२ मा सिधा सम्पर्क गर्न वा आफ्नो सचिवालयका प्रमुख स्वकिय सचिव ओम राजवाहक र अर्का स्वकिय सचिव जयप्रकाश श्रेष्ठसँग सम्पर्क गर्न आग्रह गरेका छन् ।

मन्त्री मानन्धरले लकडाउनको अवधि पूर्ण पालना गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन् । मन्त्री मानन्धरले देश र जनता गम्भिर संकटमा परेका बेला जनप्रतिनिधिमाथि ठूलो अपेक्षा हुने भन्दै भुमिका निभाउन सबै तयार हुनुपर्ने बेला आएको बताए ।

मन्त्री मानन्धरले विदेशबाट आएर घरमै बसिरहेका र कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकालाई तत्काल अस्पतालको सम्पर्कमा जान पनि आग्रह गरेका छन् ।

खाद्यान्न, ग्यास लगायतका दैनिक उपभोग्य सामग्री खरिद लगायतका विषयमा समस्यामा परेका सर्वसाधारणलाई सहजीकरण गराउनका लागि उपत्यकाका केही स्थानमा नेकपाका पार्टी कार्यकर्ता र स्थानीय जनप्रतिनिधि परिचालन गरिसकिएको मन्त्री मानन्धरका प्रमुख स्वकिय सचिव रावजाहकले जानकारी दिए ।

उपत्यकामा पार्टी कार्यकर्ता र जनप्रतिनिधिलाई प्रभावकारी रुपमा जनताको दैनिकी सहजीकरणका लागि खटाउनेबारे जिल्लाका नेताहरुसँग परामर्श भइरहेको राजवाहकले जानकारी दिए ।

काठमाडौं क्षेत्र नम्वर सातका विभिन्न स्थानमा समेत यस्ता समिति बनाइएको छ । राजनीतिक नियुक्ति लगायत उच्च ओहोदामा रहेका तथा राष्ट्रसेवक सबै कर्मचारीहरु पनि सरकारको अभियानमा साथ दिनुपर्ने जरुरी रहेको उनले बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : ०४ बजे

झोलुङ्गे पुन बनेपछि आवतजावतमा सहज

दाङ– दाङको राप्ती गाउँपालिका–९ सिमले र बङ्गलाचुली गाउँपालिका–८ झुण्डी जोड्ने

लुम्बिनी र गण्डकीको सीमानामा प्रहरी चौकी स्थापना

पाल्पा– लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको सीमानामा पर्ने पाल्पाको निस्दी

किसानलाई चैते धान भित्र्याउने चटारो

तनहुँ- तनहुँका किसान चैते धान भित्र्याउने चटारोमा रहेका छन् ।

क्लब विश्वकप – पेनाल्टीको सदुपयोग नगर्दा रियल म्याड्रिड बराबरीमा रोकियो

काठमाडौं – अमेरिकामा जारी फिफा क्लब विश्वकपमा रियल म्याड्रिडले एसियाली

उद्योग तथा वाणिज्य समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत रहेको उद्योग तथा वाणिज्य र