दसगजा क्षेत्रमा ३ सय नेपाली अलपत्र, सीडीओ भन्छन्– नेपाल ल्याएर कहाँ राख्ने ? « Khabarhub

दसगजा क्षेत्रमा ३ सय नेपाली अलपत्र, सीडीओ भन्छन्– नेपाल ल्याएर कहाँ राख्ने ?


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– स्वदेश फर्किंदै गरेका करिब ३ सय नेपाली दसगजामै अलपत्र परेका छन् । कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखम हुन नदिन भएको लकडाउनका कारण उनीहरु अलपत्र परेका हुन् ।

सङ्घीय सरकार र प्रदेश सरकारले सीमामा अलपत्र परेकालाई स्वदेश प्रवेश गराउने निर्णयसहित सबै जिल्ला प्रशासन कार्यलयमा परिपत्र गरेको भए तापनि रुपन्देही जिल्ला प्रशासन कार्यालयले तदारुकता देखाउन नसक्दा समस्या सिर्जना भएको जनाइएको छ ।

क्वारेन्टाइनको पर्याप्तता नहुँदा उनीहरुलाई केही समय रोक्नु परेको रुपन्देहीका प्रजिअ महादेव पन्थको भनाइ छ । प्रजिअ पन्थ भन्छन्, ‘लकडाउन छ भन्ने थाहा पाउँदापाउँदै उहाँहरु आउनुभएछ तर आइसकेपछि व्यवस्थापन गर्नुपर्ने हाम्रो जिम्मेवारी हो । हामीले उहाँहरुको स्वास्थ्य जाँच गरेर, क्वारेन्टाइनको व्यवस्थापन गरेर मात्रै प्रवेशको व्यवस्था गर्दैछौँ । सङ्ख्या धेरै छ त्यसैले ढिला भएको हो ।’

खुला आकाशमुनि दसगजामा बसेका नेपाली अनधिकृत रुपमा नेपाल प्रवेश नगरून् भनेर सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले उनीहरुको सुरक्षा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक खड्कबहादुर खत्रीले बताए । उनले भने, ‘आदेश आएपछि प्रवेश दिने हो । रातभरि हामी उहाँहरुकै सुरक्षाका लागि दसगजामै छौँ ।’

नेपाल भारत मैत्री समाजका अध्यक्ष डा शान्तकुमार शर्माका अनुसार तीन दिनदेखि सुनौलीमा अलपत्र परेका नेपाली मङ्गलबार साँझ नेपाल प्रवेश पाउने भन्दै दसगजामा आएका थिए, तर दसगजामा आउँदा उनीहरुलाई फेरि रोकियो ।

शर्मा भन्छन्, ‘उनीहरुलाई भारतीय नगर पञ्चायतले खान–बस्नको व्यवस्था गरेको थियो । एक्कासी खबर पठाइएछ । अनि उनीहरु सुनौलीमा तीन दिनदेखि बस्दै आएको विद्यालय भवन छाडेर आए । यता दसगजाबाट प्रवेश दिइएन । रातभर खुल्ला आकाशमुनि बस्न बाध्य छन् ।’

दसगजामा अलपत्र पर्ने विभिन्न जिल्लाको रहेको सशस्त्र प्रहरी बल डण्डाका प्रहरी नायब उपरीक्षक मानबहादुर शाहीले जानकारी दिए । उनका अनुसार अर्घाखाँचीका १३३, गुल्मीका ७१, रुपन्देहीका २२, कपिलवस्तुका १०, बाँकेका आठ, धादिङका दुई, बाराका एक, प्यूठानका चार, पाल्पाका १५, तनहुँका सात, बाग्लुङका चार, चितवनका १९, नवलपरासीका एक, स्याङ्जाका एकजना रहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ३ : २२ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने