यस्तो छ फूटबल प्रशिक्षक बालगोपालको लकडाउन दिनचर्या « Khabarhub

यस्तो छ फूटबल प्रशिक्षक बालगोपालको लकडाउन दिनचर्या


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली राष्ट्रिय फूटबल टोलीका पूर्वप्रशिक्षक तथा यु–२३ टोलीका प्रशिक्षक बालगोपाल महर्जनको दिनचर्या अहिले फेरिएको छ । सधैं बिहान उठ्नेबित्तिकै ‘वाकिङ–जगिङ’ मा निस्किने उनी आजभोलि बिहानको अभ्यास घरको छतमा गर्छन् ।

कोरोना भाइरस (कोभिड—१९) ले विश्वभर महामारी फैलाइरहँदा त्यसबाट नेपाल पनि प्रभावित बनेको छ । कोरोनाकै कारण नेपाल पछिल्लो दुई सतायता प्रभावित बनेको । भने लकडाउनको साता दिन पूरा भएको छ । अरू ८ दिन थपिएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाका कारण मानवीय क्षति भएको छैन । पाँच जनामा संक्रमण देखिएको छ । एक जना उपचारपछि घर फर्किसकेका छन् ।

कोरोना भाइरस मानिसबाट मानिसमा सर्छ । हुलमुलमा हिँड्दा, जमघटमा सामेल हुँदा, धेरै नजिकमा बसेर आपसमा कुरा गर्दा एकबाट अर्कोमा सर्ने सम्भावना धेरै हुन्छ । यही सम्भावना नियन्त्रण गर्न सरकारले लकडाउन गरेको हो ।

फूटबल प्रशिक्षक महर्जनको दिनचर्या घरमा सीमित गर्ने यही कोरोना भाइरसको त्रास हो । सरकारले बाहिर नहिँड्नू भनेको दिनदेखि उनी घरमै अभ्यास गर्न थालेका छन् ।

आफू जस्तै अरूले पनि सरकारको निर्देशनको पालना गर्नु पर्ने उनको सुझाव छ । नेपालका लागि दुई स्वर्ण विजेता प्रशिक्षक महर्जन आफ्नो शुभचिन्तकलाई समेत घरमै बसेर सरकारको निर्देशन सफल पार्न सुझाव दिएका छन् ।

प्रशिक्षक महर्जनको दिनचर्या फेरिएको भएको छ । उनी सधैँ बाहिर हिँडिरहन्थे । सातायता पूरै दिन घरमै हुन्छन् । यसले गर्दा परिवारलाई समय दिन पाएकोको र स्वनियन्त्रणमा बसेको उनको भनाइ छ ।

बिहान जगिङमा निस्किन बन्द भएको छ । त्यसैले उनी अहिले घरको छतमा व्यायाम गर्छन् । बिहानको आधा घण्टा व्यायाममा खर्च गर्छन् । उनी भन्छन्, ‘हामी बाहिर हिँडिरहने मान्छेका लागि घरमा बस्न निकै कठिन हुँदो रहेछ । यतिबेला परिस्थित नै यस्तै छ, घरमा नबसे सुरक्षित नै छैन । यसैमा खुसी मानेर परिवारसँग बसिरहेको छु ।’

महर्जन दिउँसो टिभी हेर्छन्, समाचार सुन्छन् । उनी धेरै समय घरमा परिवारसँग बिताउँछन् ।

‘आजभोलिका दिन बोरिङ नहोस् भनेर बिहान एक्ससाइज गर्छु । त्यसपछि चिया पिउने, केही समय आराम गरेपछि खाना खाने समय हुन्छ,’ प्रशिक्षक महर्जन भन्छन्, ‘दिउँसो केही समय समाचार पढ्छु । अनि टेलिभिजन पनि हेर्छु । साथीभाइ र आफन्तले फोन गर्छन् । म पनि कति जनालाई फोन गरिरहेको हुन्छु ।’

महर्जन सन् १९९३ मा नेपालले दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्दाका कान्छा खेलाडी मध्येका थिए । गत मंसिरमा काठमाडौंमा भएको १३औं सागमा नेपालले फुटबलमा स्वर्ण जित्दा मुख्य प्रशिक्षकको भूमिकामा थिए ।

उनले खेलाडी र प्रशिक्षक गरी दुईपटक स्वर्ण पदक जिते । फुटबल सम्बन्धी पुस्तकहरू पढ्छन् । घरमा बस्दा भान्सामा कम बानी पनि छैन उनको ।

 

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : ०० बजे

रास्वपाको प्रतिनिधिमण्डलसँग रचनात्मक र परिणामुखी संवादको अपेक्षा छ : भाजपा

काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) ले राष्ट्रिय स्वतन्त्र पार्टी

बालेनको अभिव्यक्तिले नेपालको अडान कमजोर बनाउन सक्छ : कुलमान घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र

सगरमाथाको चुचुरोमा फहरियो काठमाडौं युथ कन्क्लेभको झण्डा

काठमाडौं – युवाहरूको नेतृत्व, नवप्रवर्तन र सहभागितालाई प्रोत्साहन गर्ने उद्देश्यले

प्रधानमन्त्री शाहको अभिव्यक्तिविरुद्ध मसाल जुलुस (तस्बिरहरू)

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले सङ्घीय संसद्मा दिएको सीमा सम्बन्धी

प्रधानमन्त्रीको अभिव्यक्तिविरूद्ध १० विद्यार्थी सङ्गठनको विरोध, तत्काल माफी माग्न माग

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार सङ्घीय संसद्मा नेपालको सीमा