देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा « Khabarhub

देशभरका अस्पतालमा ८७ जना आइसोलेसनमा


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको आशंकामा हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोना संक्रमणले नेपालमा पारेको असरबारे जानकारी दिन आयोजित नियमित पत्रकार सम्मेलन मार्फत हालसम्म एक हजार ६० वटा नमूना परीक्षण गरीएको बताए ।

हालसम्म भएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण देखिएको र १ जना निको भइसकेको प्रवक्ता देवकोटाले बताए ।

उनका अनुसार कोरोना संक्रमणको आशंकामा आज मात्र ८७ जना केन्द्र र प्रदेश अस्पतालहरुमा आइसोलेसनमा रहेका छन् ।

‘आजसम्म एक हजार ६० वटा टेष्ट गरेका छौं, आइसोलनसमा रहेका टेकु अस्पतालमा १० जना र प्रदेशहरुमा ७७ जना गरी ८७ जना आजको दिनमा सम्भावित विरामीहरु आइसोलेसनमा हुनुहुन्छ,’ प्रवक्ता देवकोटाले भने, ‘उहाँहरुको हामीले नमूना परीक्षण गछौं ।’

प्रवक्ता देवकोटाले कोरोना संक्रमित भएर आइसोलेनमा भएका बिरामीको सम्पर्कमा रहेका ८० प्रतिशत व्यक्तिलाई सम्पर्कमा ल्याइसकेको पनि जानकारी दिए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ४ : ५१ बजे

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको