कोराना संक्रमितको उपचारका लागि पाटन अस्पतालले विदेशी विज्ञसँग परामर्श गर्ने « Khabarhub

कोराना संक्रमितको उपचारका लागि पाटन अस्पतालले विदेशी विज्ञसँग परामर्श गर्ने


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिए ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त अस्पताललाई प्राविधिक सल्लाह गर्नका लागि तोकिएको हो । चीनले पनि नेपालसंँग कोरोना भाइरससंँग सम्बन्धित समस्या समाधान गर्नका लागि एक संस्थालाई पाटनजस्तै प्राविधिक सल्लाहका लागि तोक्ने छ ।

चीन सरकारसंँग विभिन्न सहयोग र सहकार्यका सन्दर्भमा चीन का राजदूत, सचिव, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञसहितको उपस्थितिमा भएको छलफलमा पाटन अस्पताललाई स्वास्थ्य समस्या समाधान गर्न आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

उनले पाटन अस्पतालले चीनसहित अन्य छिमेकी देशका स्वास्थ्य विज्ञसंँग कोभिड १९ का बारेमा आवश्यक परामर्श गर्न टेलिकन्फरेन्स गर्ने बताए । उनका अनुसार अहिलेसम्म कोरोना संक्रमणको आशंकामा १ हजार ६० को नमूना परीक्षण गरिएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० र सातै प्रदेश अस्पतालमा ७७ जना गरी ८७ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : २४ बजे

भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै

मोरङ- भारतीय बजारबाट रु एक सयभन्दा बढी मूल्यका सामग्री खरिद

डिजिटल रूपान्तरणमा चीनको बढ्दो प्रभाव

बेइजिङ- चीनको फुझोउ शहरमा आयोजित नवौं डिजिटल चीन शिखर सम्मेलनमा

असुरक्षित बस्तीबाट सुरक्षित बसोबासतर्फको यात्रा

काठमाडौं- काठमाडौं उपत्यकाभित्र बागमती नदी र त्यसका सहायक खोलाका किनारमा

‘आर्थिक अवस्था मजबुत बनाउने लक्ष्यसहित बजेट तयारी हुँदैछ’

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकको आर्थिक अवस्थालाई मजबुत बनाउने

हुरीले मकैखेतीमा क्षति

इनरुवा (सुनसरी)- बुधबार राति आएको हुरीले सुनसरीको इनरुवासहित विभिन्न स्थानमा