कोराना संक्रमितको उपचारका लागि पाटन अस्पतालले विदेशी विज्ञसँग परामर्श गर्ने « Khabarhub

कोराना संक्रमितको उपचारका लागि पाटन अस्पतालले विदेशी विज्ञसँग परामर्श गर्ने


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना भाइरससम्बन्धी प्राविधिक सल्लाह लिने ठाउँका रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले चीनसंँग आधुनिक सञ्चार प्रविधिको प्रयोग गरी कोभिड १९ का सम्बन्धमा आइपरेका समस्या समाधानार्थ प्राविधिक सल्लाह गर्न सहजताका लागि पाटन अस्पताललाई तोकिएको जानकारी दिए ।

मन्त्रालयको सचिवस्तरीय निर्णयबाट उक्त अस्पताललाई प्राविधिक सल्लाह गर्नका लागि तोकिएको हो । चीनले पनि नेपालसंँग कोरोना भाइरससंँग सम्बन्धित समस्या समाधान गर्नका लागि एक संस्थालाई पाटनजस्तै प्राविधिक सल्लाहका लागि तोक्ने छ ।

चीन सरकारसंँग विभिन्न सहयोग र सहकार्यका सन्दर्भमा चीन का राजदूत, सचिव, परराष्ट्र मन्त्रालय तथा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञसहितको उपस्थितिमा भएको छलफलमा पाटन अस्पताललाई स्वास्थ्य समस्या समाधान गर्न आधुनिक सञ्चार प्रविधिको प्रयोग गर्ने निर्णय भएको मन्त्रालयका प्रवक्ता डा देवकोटाले जानकारी दिए ।

उनले पाटन अस्पतालले चीनसहित अन्य छिमेकी देशका स्वास्थ्य विज्ञसंँग कोभिड १९ का बारेमा आवश्यक परामर्श गर्न टेलिकन्फरेन्स गर्ने बताए । उनका अनुसार अहिलेसम्म कोरोना संक्रमणको आशंकामा १ हजार ६० को नमूना परीक्षण गरिएको छ । अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा १० र सातै प्रदेश अस्पतालमा ७७ जना गरी ८७ जना आइसोलेसनमा छन् ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ५ : २४ बजे

स्क्यान्डिनेभियातर्फ रूसी बमवर्षक उडान

एजेन्सी – रूसी आणविक–सक्षम बमवर्षक विमानहरूले स्क्यान्डिनेभियाको उत्तरतर्फ पर्ने नर्वेजियन

निर्वाचनको वातावरण बनाउनुपर्नेमा उपसभापति गुरुङको जोड

पाटन– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड

रुस–युक्रेन सङ्घर्ष र सन् २०२५ का कूटनीतिक प्रयासहरू

काठमाडौं– सन् २०२२ मा सुरु भएको रुस–युक्रेन युद्ध अब केवल

राजनीतिक दल र जेन-जीले दबाब दिएर सरकारलाई पेन्डुलमजस्तै बनाए : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले राजनीतिक दल र जेन-जीले दबाब दिएर

कुलमानले भने- निर्वाचनबाट देश परिवर्तनको नेतृत्व उज्यालो पार्टीले लिन्छ

काठमाडौं– उज्यालो नेपाल पार्टीका संरक्षक एवं ऊर्जा, भौतिक पूर्वाधार र