स्वस्थ मानिसले मास्क लगाउनु पर्दैन : डब्लुएचओ « Khabarhub

स्वस्थ मानिसले मास्क लगाउनु पर्दैन : डब्लुएचओ


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको त्रासबढेसँगै तपाईले पनि मास्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक छैन ।

बरु डब्लुएचओले सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने चेतावनी दिएको छ । र सजगता अपनाउन आग्रह गरेको छ ।

मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जोखिम हुने डब्लुएचओले जनाएको छ ।

‘सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍यानले भने ,’कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जोखिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ । ‘

उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जोखिममा हुने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०४ बजे

श्रीलङ्काद्वारा चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माणका लागि बृहत् राहत योजना सार्वजनिक

कोलम्बो – विपद्ग्रस्त श्रीलङ्काले घातक चक्रवातले क्षतिग्रस्त घरहरू पुनर्निर्माण गर्न

यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते

सुनसरी – धरानबाट विराटनगरतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा

एमाले मजवुद भए मुलुकको अराजकता अन्त्य हुन्छ : प्रदीप ज्ञवाली

ललितपुर – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मूलुकभित्रको अराजकता र

जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड

धनुषा – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछि

चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका–६ चालिसेमा भएको दुर्घटनामा