स्वस्थ मानिसले मास्क लगाउनु पर्दैन : डब्लुएचओ « Khabarhub

स्वस्थ मानिसले मास्क लगाउनु पर्दैन : डब्लुएचओ


१८ चैत्र २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको त्रासबढेसँगै तपाईले पनि मास्कको प्रयोग गर्ने गर्नु भएको छ होला ? तर विश्व स्वास्थ्य संगठन(डब्लुएचओ) का अनुसार स्वस्थ र बिरामीसँगै टाँढै रहने व्यक्तिले मास्क लगाउन आवश्यक छैन ।

बरु डब्लुएचओले सही तरिकाले मास्क नलगाउँदा उल्टै स्वास्थ्यमा समस्या आउनसक्ने चेतावनी दिएको छ । र सजगता अपनाउन आग्रह गरेको छ ।

मास्क धेरै दिनसम्म लगातार प्रयोग गर्दा उल्टै संक्रामक रोगको जोखिम हुने डब्लुएचओले जनाएको छ ।

‘सामान्य अवस्थाका मानिसले मास्क लगाउँदैमा कुनै फाइदा पुग्छ भन्ने प्रमाण छैन’ डव्लुएचोका स्वास्थ्य आपतकालीन सेवाका कार्यकारी निर्देशक डा माइक र्‍यानले भने ,’कोरोना संक्रमित बिरामीसँग नजिक रहेर काम गर्ने वा जोखिममा रहेकाले मात्र मास्कको प्रयोग गर्दा उपयुक्त हुन्छ । ‘

उनले मास्कको विश्वभर अभाव रहेको भन्दै निरन्तर एउटै मास्क प्रयोगकर्ता जोखिममा हुने बताए ।

प्रकाशित मिति : १८ चैत्र २०७६, मंगलबार  ६ : ०४ बजे

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत

बनेपामा ग्यास बुलेटको ठक्करबाट ९ वर्षीय बालकको मृत्यु, आमाबुबा घाइते

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा ग्यास बुलेटले मोटरसाइकललाई

हुथीविरुद्ध इजरायलको सहयोग लिन साउदीलाई ट्रम्पको आग्रह

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यमनका हुथी विद्रोहीविरुद्ध इजरायलले प्रस्ताव गरेको

इलाममा धारिलो हतियार प्रहार गरी एक पुरुषको ह*त्या

इलाम- इलामको रोङ गाउँपालिका–३ पात्लेडाँडामा धारिलो हतियार प्रहार गरी एक पुरुषको