जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जीत « Khabarhub

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जीत


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे ।

बायर्नले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । खेलको १५ औं मिनेटमा डुसलडोर्फका माथिआस जोर्गेनसनको आत्मघाती गोलबाट बायर्नले अग्रता बनाएको थियो ।

२९ औं मिनेटमा पाभर्डले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो । ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि रह्यो ।

५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । त्यसपछि खेलको ५२ औं मिनेटमा डेभिसले गोल गर्दै बायर्नलाई ५-० को फराकिलो जीत दिलाए ।

जीतसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता बनाएको छ । बायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : ५८ बजे

आमाको नामबाट तीन हजारले लिए नागरिकता

काठमाडौं– नेपाल नागरिकता (चौथो संशोधन) नियमावली, २०८२ जारी भएदेखि आमाको

रास्वपालाई बधाई दिँदै गगनले भने : गिरीबन्धु, वाइडबडी प्रकरण र नेताका घरमा भेटिएका पैसाको छानबिन हुनुपर्छ

काठमाडौं- सभापति गगनकुमार थापाले नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन

वेस्ट ब्याङ्कमा भएको निरन्तर इजरायली आक्रमणको राष्ट्रसङ्घद्वारा निन्दा

जेरुसलेम- इजरायलले वेस्टब्याङ्क क्षेत्रका प्यालेस्टाइनीहरू र उनीहरूको सम्पत्तिमाथि गरेको निरन्तरको

शंकरबेली सिमसारमा दैनिक हजारौँ पर्यटक

धरान– यहाँको रामधुनी नगरपालिका–६स्थित शंकरबेली सिमसार पछिल्ला समय आन्तरिक पर्यटकीय

सशस्त्र प्रहरी बलको स्पष्ट भूमिकासहितको कानुन बन्नेमा विश्वास छ : महानिरीक्षक अर्याल

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बलको स्पष्ट