जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जीत « Khabarhub

जर्मन बुन्डेसलिगामा बार्यन म्युनिखको शानदार जीत


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले शानदार जीत निकालेको छ ।

शनिबार राति भएको खेलमा बायर्नले फोर्टुना डुसलडोर्फलाई ५-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा बायर्नलाई जीत दिलाउन रोबर्टो लेवान्डोस्कीले दुई गोल गरे । यस्तै बेन्जामिन पाभर्ड र अल्फान्सो डेभिसले एक एक गोल गरे ।

बायर्नले एक गोल आत्मघाती गोलको उपहार पाएको थियो । खेलको १५ औं मिनेटमा डुसलडोर्फका माथिआस जोर्गेनसनको आत्मघाती गोलबाट बायर्नले अग्रता बनाएको थियो ।

२९ औं मिनेटमा पाभर्डले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो । ४३ औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि रह्यो ।

५० औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दा बायर्न ४-० ले अघि रह्यो । त्यसपछि खेलको ५२ औं मिनेटमा डेभिसले गोल गर्दै बायर्नलाई ५-० को फराकिलो जीत दिलाए ।

जीतसँगै बायर्नले दोस्रो स्थानको बोरुसिया डर्टमण्डसँग १० अंकको अग्रता बनाएको छ । बायर्नले २९ खेलबाट ६७ अंक जोडेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ५ : ५८ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका