विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ?  « Khabarhub

विद्युतीय मोटरसाइकलमा कति बढ्यो कर ? 


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको कर बढाएको छ ।

सरकारले जेठ १५ गते ल्याएको आर्थिक वर्ष २०७७/७८ को बजेटले विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको करमा वृद्धि गरेको हो ।

आर्थिक वर्ष २०७७/७८ को बजेट अनुसार विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको सडक निर्माण दस्तुर बढाउने उल्लेख छ ।

यसअघि विद्युतीय मोटरसाइकल तथा स्कुटरमा लाग्दै आएको ७ हजार ५ सय सडक निर्माण दस्तुरलाई बढाएर १२ हजार रुपैयाँ पुर्‍याइएकाे छ ।

नयाँ विद्युतीय मोटरसाइकलको मूल्य अब कम्तीमा चार हजार पाँच सय रुपैयाँले बढ्नेछ ।

अहिले १ सय ५५ सीसीभन्दा कम क्षमताका मोटरसाइकलले १५ हजार सडक दस्तुर तिर्नुपर्छ । त्यस्तै १ सय ५६ सीसीभन्दा माथि २ सय ५० सीसीसम्मका मोटरसाइकलले १८ हजार र २ सय ५१ देखि ४ सय सीसीसम्मका मोटरसाइकलले ५० हजार सडक दस्तुर तिर्नुपर्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ६ : २० बजे

ऋषि क्लबसहित वर्षौँदेखि भाडा नतिर्ने भृकुटीमण्डपका २० सटरमा ताला 

काठमाडौं– समाज कल्याण परिषद्ले भृकुटीमण्डपभित्र कार्यालय र व्यवसाय सञ्चालन गरेर

सधैँ प्रयोग, अभ्यास र विकल्पको खोजीमा लाग्दा देश प्रयोगशाला मात्र बन्यो : पूर्वराजा शाह

काठमाडौं- पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाप्रति चिन्ता व्यक्त गर्दै

हप्ताको दुई दिन बिदाले बन्दीपुरमा पर्यटकको सङ्ख्या बढ्यो

दमौली– यहाँको पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ ।

आयोगहरूबीच कार्यपद्धतिमा एकरूपता र गुणस्तरीयता कायम अनिवार्य : अध्यक्ष रेग्मी

गण्डकी– लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगहरूबीचको कार्यपद्धतिमा एकरूपता र

त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलबाट गाँजासहित भारतीय नागरिक नियन्त्रणमा

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब दुई किलो गाँजासहित एक भारतीय