अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला ? | Khabarhub Khabarhub

अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई सहयोग रोके के होला ?


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) सँगको सम्बन्ध तोडेको घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डब्लुएचओलाई चीनको कठपुतली आरोप लगाउँदै सम्बन्ध तोडेको घोषणा गरेका हुन् ।

यसअघि ट्रम्पले कोरोना भाइरसको चुनौतीमा ३० दिनभित्र निर्णय दिन डब्लुएचओलाई भनेका थिए । त्यो समय नसकिदै उनले घोषणाले विश्वभर स्वास्थ्य क्षेत्रमा असर पर्ने देखिएको छ ।

डब्लुएचओको खर्चमध्ये अधिकांश अमेरिकाले दिने गर्छ । सर्वाधिक १५ प्रतिशत रकम अमेरिकाले कोषमा दाखिला गर्छ । त्यसपछि बिल एन्ड मिलिन्डा गेट्सले ९.८ प्रतिशत दिने गरेको छ ।

कुल सहयोगमध्ये ७९ प्रतिशत खर्च २० मुलुकले धानिदिन्छन् । अमेरिकाले सहयोग रोकेमा अब कोरोना भाइरसलगायत अन्य रोगको औषधी र खोप पत्ता लगाउन भएका गतिविधिमा गति कम हुनेछ ।

स्वास्थ्य क्षेत्रमा कम विकसित देशहरुले पाउने गरेको सहयोग घट्न सक्छ । गरिब देशहरुले अनुदानमा पाउने गरेको भ्याक्सिन नपाउन सक्छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ३८ बजे

रवि लामिछानेसँग आयोगले लियो ६ घण्टा बढी बयान

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग जाँचबुझ आयोगले

ढाकामा हुने एसियन आर्चरी च्याम्पियनसिपमा सहभागी हुने नेपाली टोलीको विदाइ

काठमाडौं – नेपाल ओलम्पिक कमिटी (एनओसी)का अध्यक्ष जीवनराम श्रेष्ठले बुधबार

झापा महिला गोल्डकपः घरेलु टोलीमाथि सङ्कटाको फराकिलो जीत

झापा – शिवसताक्षीस्थित दूधे रङ्गशालामा जारी एलभिडी झापा महिला गोल्डकप

विर्तामोडबाट इन्सास हतियार फेला, अझै २२ वटा बेपत्ता

झापा – यहाँको विर्तामोड नगरपालिका–६ स्थित सुगम शान्ति टोलबाट आज

१०औं राष्ट्रिय खेलकुद फागुन पहिलो साता हुने

काठमाडौं – १०औं राष्ट्रिय खेलकुद आगामी फागुन पहिलो साता हुने