लकडाउनमा फसेका पुर्‍याउन विमान नै चार्टर्ड ! « Khabarhub

लकडाउनमा फसेका पुर्‍याउन विमान नै चार्टर्ड !


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोरोना भाइरसको संक्रमण फैलदैं गएपछि देशभर जारी लकडाउनमा फसेका मानिस आफ्नो घर जान अनेकौ जुक्तिखोजि रहेका छन् ।

सवारी साधनको विकल्पको नभएका र आर्थिक अभावमा रहेकाहरु पैदल घर फर्किएका छन् भने कतिपयले पास तथा बिभिन्न झुटको सहारामा भएपनि घर फर्किरहेका छन् ।

समग्रमा मानिस घर फर्किन जुनै मुल्य तिर्न पनि तयार छन् । तर यो मुल्य के लाखौंको होला ? त्यो पनि करिब ३२ लाख मुल्य लाग्ला?

भारतको मध्यप्रदेशको भोपाल निवासी एक ब्यक्तिले लकडाउनमा फसेको आफ्नो परिवारलाई घर पुर्‍याउन एक विमान नै भाडामा लिएका छन् । त्यो पनि मात्र ४ सदस्यको यात्राका लागी उनले १८० सिटको विमान भाडामा लिएका हुन् ।

भोपालका मदिरा कारोबारीले घरका ३ सदस्य र १ जना घरेलु कामदारलाई भोपालबाट दिल्ली पुर्‍याउन निजी कम्पनीको १८० सिट क्षमताको A320 विमान भाडामा लिएका हुन् ।

यसमा सबैभन्दा रोचक कुरा त के छ भने, सोमबार दिल्लीका लागी भोपालबाट ४ जनायात्रु लिएर उडेको विमानको भाडा मात्र भारु २० लाख अर्थात नेपाली ३२ लाख रहेको छ । जे होस् ती ब्यक्तिले २ महिनादेखि लकडाउनमा फसेका आफन्तलाई घर पुर्‍याए ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : २५ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर