संविधान संशोधन प्रस्ताव संसदमा पेस | Khabarhub Khabarhub

संविधान संशोधन प्रस्ताव संसदमा पेस


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।

संसदमा सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव पेस गरेकी हुन् ।

नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको निशान चिन्हमा समेत संशोधन गर्न आवश्यक देखिएपछि संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कानूनमन्त्रीले पेश गरेको संविधान संशोधन प्रस्तावमाथि थप संशोधनका लागि ३ दिनको समय दिनुपर्ने संसद नियमावलीमा व्यवस्था रहेको छ ।

७२ घण्टाभित्र कुनै पनि सांसदले प्रस्तावमाथि संशोधन दर्ता गर्नका लागि समय निर्धारण हुने र त्यसपछि संशोधन विधेयकमाथि छलफल भइ संविधानको अंग बन्नेछ ।

दलबीच नियमावलीको व्यवस्था निलम्बन गर्न सहमति जुट्यो भने ७२ घण्टा समेत निलम्बन हुनसक्ने व्यवस्था समेत छ ।

यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

स‌ंविधान संशोधन विधेयक संसदमा पेश

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ४२ बजे

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका

गाजा वार्ता जटिल मोडमा, दुवै पक्षबीच गहिरो मतभेद

एजेन्सी – गाजामा युद्धविराम स्थापनाका लागि हमास र इजरायलबीच कतारमा

गम्भीर सडक दुर्घटनापछि युएईको सीमापार एयर एम्बुलेन्स मिसन

दुबईः युएईले ओमानको सल्तनतमा भएको गम्भीर ट्राफिक दुर्घटनामा घाइते भएका