संविधान संशोधन प्रस्ताव संसदमा पेस « Khabarhub

संविधान संशोधन प्रस्ताव संसदमा पेस


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले दर्ता गराएको संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभा बैठकमा पेस भएको छ ।

संसदमा सरकारकातर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाम्फेले संशोधन प्रस्ताव पेस गरेकी हुन् ।

नेपालको अद्यावधिक नक्सालाई संविधानको अनुसूचीमा रहेको निशान चिन्हमा समेत संशोधन गर्न आवश्यक देखिएपछि संविधान संशोधन प्रस्ताव पेश भएको हो ।

कानूनमन्त्रीले पेश गरेको संविधान संशोधन प्रस्तावमाथि थप संशोधनका लागि ३ दिनको समय दिनुपर्ने संसद नियमावलीमा व्यवस्था रहेको छ ।

७२ घण्टाभित्र कुनै पनि सांसदले प्रस्तावमाथि संशोधन दर्ता गर्नका लागि समय निर्धारण हुने र त्यसपछि संशोधन विधेयकमाथि छलफल भइ संविधानको अंग बन्नेछ ।

दलबीच नियमावलीको व्यवस्था निलम्बन गर्न सहमति जुट्यो भने ७२ घण्टा समेत निलम्बन हुनसक्ने व्यवस्था समेत छ ।

यसअघि गत बुधबार नै संविधान संशोधन प्रस्ताव प्रस्तुत हुने भनिए पनि संशोधनमा कांग्रेसले पार्टीबाट आधिकारिक निर्णय नगरेको भन्दै अन्तिम समयमा आएर कार्यसूचिबाट हटाइएको थियो ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले शनिबार अबेर राति संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको थियो ।

सरकारले यही जेठ ९ गते संविधानको अनुसूची ३ मा रहेको नेपालको नक्सामा लिम्पियाधुरासहित समेटिने गरी संशोधन प्रस्ताव दर्ता गरेको थियो ।

स‌ंविधान संशोधन विधेयक संसदमा पेश

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ११ : ४२ बजे

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र

तत्कालै नयाँ जहाज किन्न असम्भव, लिजमार्फत थप्न निर्देशन दिएका छौँ : मन्त्री पौडेल

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले लिज

निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने सरकारको निर्णय

काठमाडौं– निर्माण क्षेत्रलाई विशेष मूल्य समायोजन गर्ने निर्णय सरकारले गरेको

सन् २०२६ को चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार ‘अप्टोजेनेटिक्स’ का खोजकर्ताहरूलाई प्रदान गरिने

एजेन्सी– क्यारोलिन्स्का इन्स्टिच्युटको नोबेल एसेम्ब्लीले सन् २०२६ को शरीरक्रियाविज्ञान वा

तयारी पोशाक निर्यात बढाउन नीतिगत र कानुनी सुधारको माग

काठमाडौँ- नेपाल तयारी पोशाक उद्योग संघले तयारी पोशाक क्षेत्रलाई दिगो,