कोरोनाविरुद्धको खोप नेपालमै तयार भएको दाबी « Khabarhub

कोरोनाविरुद्धको खोप नेपालमै तयार भएको दाबी


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

मकवानपुर – हेटौँडास्थित वनविज्ञान अध्ययन संस्थान प्रयोगशालामा कोरोना भाइरसविरुद्धको खोप तयार भएको जिकिर गरिएको छ ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गत सो कलेजका प्रा.डा.ललितकुमार दासले आफूले ६४ दिनको मेहनतपछि सो खोप तयार गरेको जिकिर गरेका हुन्।

वाग्मती प्रदेश केमिकल सोसाइटीका उपाध्यक्ष डा.दासले यसअघि हर्बल सेनिटाइजर बनाइसकेका छन् । सीमित स्रोतसाधन भए पनि अत्यन्त सूक्ष्मतापूर्व अध्ययनअनुसन्धानबाट खोप पूर्णरुपमा तयार भएको जिकिर गर्दै डा.दासले यसलाई परीक्षण प्रक्रियामा लगिने जानकारी दिए ।

एक हप्ता अगाडि वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले उक्त प्रयोगशालाको निरीक्षण गर्दै खोप निर्माण हुनेबित्तिकै परीक्षण गराइने आश्वासन दिएका थिए ।

वनारस हिन्दू विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा बिएचडी गर्नुभएका डा.दासका अनुसार उक्त औषधि विभिन्न स्वास्थ्यबर्द्धक जडिबुटीबाट निर्माण गरिएको हो ।

केही एन्टी अक्सिडेन्ट एक्टिभिटी र इञ्जिमेटिक एक्सन भएको वनस्पति लिएर कोरोना भाइरसविरुद्धको खोप अनुसन्धान गरिएको हो ।

‘कोरोना भ्याक्सिन’को गुणस्तर र प्रयोगका लागि पहल गर्न सो कलेजका प्रमुख विजय यादवले सबैसँग आग्रह गरे । कलेजका प्रा.दामोदर गैरेले पनि डा.दासले रोग नियन्त्रणमा कोरोनाविरुद्ध खोप सहयोगी हुने विचार व्यक्त गरे ।

यसको छिटो परीक्षण गर्नुपर्ने समेत उनको आग्रह छ । संघीय सरकार एवं स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप अनुसन्धानप्रति ध्यान दिनुपर्ने माग बुद्धिजीवी कृष्ण पाण्डेले गरे । – रासस 

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १२ : २२ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको