पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रस्ताव – छुवाछुत अन्त्य गर्न सबैले एकैथर ‘कामी’ लेखौं « Khabarhub

पूर्वप्रधानमन्त्री डा. भट्टराईको प्रस्ताव – छुवाछुत अन्त्य गर्न सबैले एकैथर ‘कामी’ लेखौं


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबै एक जुट हुने बेला आएको बताएका छन् ।

उनले सबैजनाले एकै थर ‘कामी’ लेख्‍नुपर्ने प्रस्ताव गरेका छन्। सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमाथि आज प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने बताए।

पूर्वप्रधानमन्त्री भट्टराईले भने, ‘श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ ? बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं । म पनि बरु बाबुराम भट्टराई ‘कामी’ भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।’

उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए।

‘क्रान्तिको आधार इलाका रुकुममा त्यत्रो प्रतिक्रान्ति हुन्छ भने देश कहाँ जाँदैछ ?’, उनले प्रश्न गर्दै भने, ‘हामीले यी बेथितिलाई हटाउनैपर्छ। एउटै झट्कामा किन भत्काउन सक्दैनौं तर सबैले साझा प्रयास गरौं।’

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १ : ३७ बजे

नेपाल कुनै पनि बाह्य शक्तिको भूराजनीतिक खेलमैदान बन्नु हुँदैन : झलनाथ खनाल

काठमाडौं- पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल कुनै पनि बाह्य शक्ति राष्ट्रको भूराजनीतिक

पोखरा रंगशालामा सरसफाइ (तस्बिरहरू) 

पोखरा- पोखरा रंगशालामा शनिबार सरसफाइ तथा गोडमेल गरिएको छ। कास्की जिल्ला

बाढी प्रभावित क्षेत्रमा १६ मनोपरामर्शदाता परिचालन

भक्तपुर- बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित नागरिकका लागि

प्रधानमन्त्री राहत कोषमा सहयोग बढ्दै, हालसम्म साढे १३ अर्ब मौज्दात

काठमाडौं– प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ

राष्ट्रपति सी चिनफिङ नयाँदिल्लीमा

नयाँदिल्ली – चिनियाँ राष्ट्रपति सी चिनफिङ १८औँ ब्रिक्स शिखर सम्मेलनमा सहभागी