अभिनेता हमालले भने-जातको आधारमा अपराधिक क्रियाकलाप गर्ने अपराधी हुन् (भिडियोसहित) « Khabarhub

अभिनेता हमालले भने-जातको आधारमा अपराधिक क्रियाकलाप गर्ने अपराधी हुन् (भिडियोसहित)


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जाजरकोटका दलित युवा नवराज विकसहित ५ जनाको हत्याको घटनाले सिंगो देश स्तब्ध छ । घटनामा एकजना अझै बेपत्ता छन् । कथित उपल्लो जातकी छोरीसँग प्रेम सम्बन्ध भएको र दुलही लिन जाँदा केटी पक्षले निर्घात कुटपिट गरी हत्या भएको भन्दै यो घटनाका बारे सामाजिक सञ्जालमा विभिन्न खाले टिकाटिप्पणी र आलोचना भैरहेको छ ।

नेपाली फिल्मकर्मीहरुले पनि उक्त घटनाको भत्र्सना गरेका छन् । उनीहरुले यो घटनाले विश्वसामु नेपालको शिर झुकेको भन्दै दोषीलाई कारबाही गर्न सरकारसँग माग गरिरहेका छन् । अभिनेता राजेश हमालले पनि हत्यामा संलग्न व्यक्तिलाई कानुन बमोजिम सजाय दिनुपर्ने बताएका छन् । जाजरकोटमा भएको घटनाले आफूलाई स्तब्ध मात्र नभइ आक्रोशित पनि बनाएको उनी बताउँछन् ।

शनिवार साँझ एक भिडियो सन्देशमार्फत् उनले एउटा व्यक्तिले अर्को व्यक्ति वा एउटा समुदायले अर्को समुदायलाई जात, पृष्ठभूमि र पेशाको आधारमा गालीगलौच, अपमान र अपराधिक क्रियाकलाप गर्ने अधिकार नभएको भन्दै त्यस्तो व्यबहार गर्ने व्यक्ति अपराधी रहेको बताएका छन् । त्यसप्रकारका व्यक्तिलाई कानुन बमोजिम कारबाही गर्नुपर्ने उनको माग छ ।

भिडियो हेर्नुहोस्

जाजरकोट घटनाको निन्दा गर्दै अभिनेता हमालले भनेका छन्, ‘अहिलेको समयमा कुनै पनि चेतनशिल नागरिकका लागि यसप्रकारको अपराधिक गतिविधि स्वीकार्य छैन । एउटा कायर र आफूमा आत्मविश्वास नभएको व्यक्तिले मात्रै अर्को व्यक्ति वा समुदायलाई जात वा वर्गको आधारमा अपमान गर्ने प्रयास गर्छ ।’ उनले नेपाली समाजमा विषको रुपमा रहेको जातीय प्रथा निर्मुल गर्न आवश्यक रहेको पनि औंल्याए ।

जातीय मतभेद अन्त्य नभएसम्म देशको प्रगतिको बाटो ओझेलमा पर्ने बताउँदै अभिनेता हमाल थप्छन्, ‘अहिलेको समयमा जातको आधारमा कुनै व्यक्ति वा समुदायले अन्याय, अत्याचार र अपराधिक क्रियाकलाप गर्छ भने ऊ राष्ट्रको कानुन बमोजिम कडाभन्दा कडा सजायको भागिदार हुन आवश्यक छ ।’ लकडाउनका कारण घरभित्रै सीमित भएका हमालले पछिल्लो समय भिडियो सन्देशमार्फत् विभिन्न विषयमा आफ्ना विचार व्यक्त गर्दै आइरहेका छन् ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  २ : २४ बजे

विल ज्याक्सको अलराउन्ड प्रदर्शनमा इङ्ल्यान्डको सहज जित: श्रीलङ्का ८९ रनले पराजित

काठमाडौँ – अलराउन्डर विल ज्याक्सको सानदार प्रदर्शनको मद्दतले इङ्ल्यान्डले पहिलो

न्युयोर्कमा परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र भारतका विदेशमन्त्री डा. एस.

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता: भोटेकोशी बाढी र पुनर्निर्माणमा छलफल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त राज्य अमेरिकाकी राजनीतिक

एसियाली खेलकुदअघि जापानको सनसनीपूर्ण प्रदर्शन: विश्वविजेता भारत हारबाट जोगियो

काठमाडौँ – विवादास्पद ‘वाइड’ बलको निर्णय उल्ट्याइएपछि टी-२० विश्वविजेता भारत

राष्ट्रसंघ महासभामा गर्जिए अमेरिकी राष्ट्रपति ट्रम्प : इरानलाई ‘सखाप’ पार्ने चेतावनी

काठमाडौंँ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग शान्ति सम्झौता गर्ने वा