सरकारले बजेटमा औपनिवेशिक योजनालाई निरन्तरता दियो : नेता महतो « Khabarhub

सरकारले बजेटमा औपनिवेशिक योजनालाई निरन्तरता दियो : नेता महतो


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेता राजेन्द्र महतोले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट ‘औपनिवेशिक योजनाको निरन्तरता’ को संज्ञा दिएका छन् ।

प्रतिनिधिसभाको आईतबारको बैठकमा सरकारको आगामी आर्थिक वर्षको बजेटमाथि धारणा राख्दै नेता महतोले ‘आफू मालिक र अरु भिखारी’ प्रवृत्तिको औपनिवेशिक प्रकृतिको बजेट आएको टिप्पणी गरे । उनले बजेटले आम नेपाली जनतालाई उत्साहीत बनाउन नसकेको टिप्पणी गरे ।

उनले भने ‘थप निराशातर्फ उन्मुख भएको बजेट के टिप्पणी गर्ने ? राज्यधारीहरुको पक्षपोषण गर्नका लागि ल्याईएको बजेट । राज्यको चरित्र जस्तो छ त्यस्तै बजेट । राज्यविहिनहरुलाई अझ सिमान्तकृत गर्ने, अझ कमजोर गर्ने प्रकारको बजेट आउने गर्छ । यो पनि राज्यको चरित्र अनुसार नै आउने हो । औपनिवेशिक योजनाको निरन्तरता वाहेक केही पनि भन्न सकिदैन यसलाई ।’

केन्द्रीकृत बजेटले संघीयतालाई कमजोर पार्ने काम गरिरहेको आरोप लगाए । उनले संघीय सरकारले आफू दाता प्रदेश तथा संघलाई बक्सिस दिएको मानसिकताले बजेट बनाएको टिप्पणी गरे ।

लोकतन्त्रमा राज्य र नागरिक बीच राजनीतिक रुपमा सम्बद्धता, बफादारी , मालकियत, सहभागिता र सम्मान जस्ता आयाम हुने भन्दै उनले नागरिकले राज्यबाट सम्मान पाएको छ ? भन्दै प्रश्न गरे । उनले भने, ‘शासनमा सबै सहभागिता पाएको ? मालिकियताको अनुभूति भएको छ सबैलाई । राज्यले जनताप्रति वफादारी गरेको छ ? ‘

कोरोनका कारण भयावह बन्दै गएको परिस्थितिमा जनताको स्वास्थ्यको प्रत्याभूति गर्ने तथा तत्काल र दीर्घकालिन रुपमा सरकारले जनताप्रति निर्वाह गर्नुपर्ने कार्यक्रमहरु बजेटमा आउन नसकेको उनको टिप्पणी छ ।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ३ : २५ बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका