सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न अनुमति « Khabarhub

सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न अनुमति


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोह्रखुट्टेमा युवतीमाथि दुर्व्यवहार गर्ने चिनियाँलाई सात दिन हिरासतमा राख्न जिल्ला प्रशासन काठमाडौंले अनुमति दिएको छ।

आइतबार एक चिनियाँविरुद्ध अभद्र व्यवहारको मुद्दा दायर गरिएकोमा जिल्ला प्रशासन कार्यालयले सात दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको महानगरीय प्रहरी वृत्त लैनचौरका डीएसपी दिपक खड्काले जानकारी दिए।

शनिबार साँझ क्षेत्रपाटी चोकमा नेपाली युवतीमाथि चिनियाँले दुर्व्यवहार गरेपछि स्थानीयले कुटपिट गरी प्रहरीसमक्ष बुझाएका थिए।

‘दुई चिनियाँमध्ये एक जनाको गल्ति नभएको कारण मुद्दा चलेन’ उनले भने, ‘आज प्रशासनबाट सात दिन हिरासतमा राखि अनुसन्धान गर्न अनुमति लिएका छौं।’

क्षेत्रपाटी चोकमा एक चिनियाँले नेपाली युवती कफी खान जाम भनेर प्रस्ताव गरेको र ती युवती अगाडि हिँड्दा पनि उनी पछिपछि लागेर अभद्र व्यवहार गरेको देखपछि स्थानीयले हातपात गरेको खुल्न आएको डिएसपी खड्काले बताए ।

पीडित पक्षले शनिबार नै उजुरी दर्ता गर्न माग राखे पनि साँझ भएकोले आइतबार बिहान मुद्दा दर्ता भएको थियो।

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ७ : २५ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना