रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै जनता समाजवादीद्वारा प्रदर्शन (भिडियो सहित) « Khabarhub

रुकुम घटनाका दोषीलाई कारबाहीको माग राख्दै जनता समाजवादीद्वारा प्रदर्शन (भिडियो सहित)


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अन्तरजातीय प्रेम सम्बन्धका विषयमा रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाका दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने मागसहित जनता समाजवादी पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा जाजरकोटको भेरी नगरपालिका ४ का दलित युवालाई गाउँलेले लखेटेपछि भेरी नदीमा परेर मृत्यु भएको घटनाको दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै सो पार्टीले काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो ।

उनीहरुले रुकुम काण्डका जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै केहिबेर धर्ना समेत दिएका थिए । त्यस्तै जघन्य अपराधलाई राजनीतिक आडमा ढाकछोप गर्न नहुने भन्दै उनीहरुले नाराबाजीसमेत गरे ।

प्रदर्शनमा सहभागी जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराईले दलितलाई राज्यको सवै निकायमा समाज अधिकार भइसकेको र सांस्कृतिक रुपमा हुने भेदभाव अन्त्य भइसकेको अवस्थामा रुकुम घटना निकै दुखद भएको बताए । उनले घटनाका दोषीलाई कडा कारबाहीको माग राखे । 

गत जेष्ठ १० गते साँझ भएको घटनाको भेरी नगरपालिका ४ का नवराज बिक, गणेश बुढा मगर र चौरजहारी नगरपालिका–१ का टीकाराम सुनार, भेरी नगरपालिका ११ का गोविन्द शाही, लोकेन्द्र सुनार र भेरी नगरपालिका-४ का सन्दीप बिकको मृत्यु भएको थियोे । घटनाको अनुसन्धान गर्न सरकारले पनि छानविन समिति बनाएको छ ।

 जनता समाजवादी पार्टीले गरेको प्रदर्शन, भिडियो हेरौं

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  ९ : ४६ बजे

परराष्ट्रमन्त्री स्वदेश फर्कँदै, विमानस्थलमै प्रेस ब्रिफिङ

काठमाडौँ – संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी भई परराष्ट्रमन्त्री शिशिर

बागलुङमा बाढीपहिरो : ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

बागलुङ– यही असोज ९ गतेदेखि ११ गतेसम्म आएको अविरल वर्षाका

५५ वर्ष पुगेका कर्मचारीलाई बिदा दिने विधेयक संसद्‍मा जाँदै : के छ प्रावधान ?

काठमाडौँ – सरकारले निजामती कर्मचारीको उमेर ५५ वर्ष वा सेवा

एसियाली खेलकुद : गल्फ र जुडोमा आजदेखि नेपालको प्रतिस्पर्धा

काठमाडौँ– बीसौँ एसियाली खेलकुदअन्तर्गत गल्फ र जुडोमा नेपालले आजदेखि प्रतिस्पर्धा

संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर परराष्ट्रमन्त्री खनाल स्वदेश आइपुग्दै

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश आइपुग्दै छन् । संयुक्त