भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव « Khabarhub

भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने विज्ञहरुको सुझाव


१८ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विज्ञहरुले भारतबाट आउने सबै व्यक्तिको पीसीआर विधिबाट कोरोना परीक्षण गर्नुपर्ने बताएका छन् ।

स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका व्यक्तिहरु कोरोना परीक्षण नै नगर्ने विषयमा छलफल गरिरहँदा विज्ञहरुले भारतबाट आउने सबैको कोरोना परीक्षण गर्नुपर्ने बताएका हुन् ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शेर बहादुर पुनले भारतीय सिमाबाट नेपालीहरु आउने क्रम नरोकिएकाले नेपालमा कोरोना संक्रमित अझै थपिन सक्ने बताए ।

“भारतीय सिमाबाट नेपालीहरु आउने क्रम रोकिएको छैन, त्यसैले सिमाबाट आउनेहरुलाई पीसीआरबाट कोरोना परीक्षण गरेर पोजेटिभ र नेगेटिभ भएकालाई छुट्टाछुट्टै क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्छ,” डा पुनले भने, “अहिले संक्रमित बढ्दै गएको अवस्था र भारतबाट नेपालीहरु आउने क्रम नरोकिएको अवस्थालाई हेर्दा नेपालमा संक्रमितको संख्या झनै बढ्ने देखिन्छ, सरकारले यसको नियन्त्रणका लागि सोही अनुसारको तयारी गर्नुपर्छ ।”

प्रकाशित मिति : १८ जेठ २०७७, आइतबार  १० : ४३ बजे

सबैभन्दा बलियो प्रतिपक्ष नेपाली जनता हुन् : सभामुख अर्याल

काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले अहिलेको निर्वाचनबाट सबैभन्दा

बिस्केट जात्रामा सिसी क्यामरा र ड्रोनबाट निगरानी

भक्तपुर – तान्त्रिक विधिअनुसार भक्तपुरमा नौ दिन आठ रातसम्म भव्य

को बन्ला उपसभामुख ? रास्वपालाई फकाउँदै छन् श्रमसंस्कृति, नेकपा र राप्रपा

काठमाडौं – सभामुख चयन गरेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभाको

सरकारी कार्यालयको समय बिहान ९ देखि अपराह्न ५ बजेसम्म सोमबारदेखि नै लागू हुने

काठमाडौं – सोमबारदेखि सरकारी कार्यालय, सार्वजनिक निकाय तथा शैक्षिक संस्थाहरु

स्ट्रेट अफ होर्मुज नखोले इरानलाई नर्क बनाइदिने ट्रम्पको चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिएका