आइसीसी टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा अष्ट्रेलियाका स्मिथ यथावत « Khabarhub

आइसीसी टेस्ट ब्याट्सम्यानको शीर्ष स्थानमा अष्ट्रेलियाका स्मिथ यथावत


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – आईसीसीको टेस्ट ब्याट्सम्यानको वरीयतामा अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथ शीर्ष स्थानमा कायमै रहेका छन् ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले बुधबार सार्वजनिक गरेको नयाँ वरीयतामा पनि स्मिथ शीर्ष स्थानमा यथावत रहेका हुन् ।

ब्याटिङतर्फ भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली दोस्रो स्थानमा यथावत रहेका छन् ।

यस्तै अष्ट्रेलियाका मार्नुस लाबुस्चाग्ने तेस्रो, इंग्ल्याण्डका बेन स्टोक्स चौथो र न्युजिल्याण्डका केन विलियम्सन पाँचौ स्थानमा रहेका छन् ।

बलिङतर्फ अष्ट्रेलियाका पाट कुमिन्स शीर्ष स्थानमा यथावत छन् भने न्युजिल्यान्डका निल वाग्नेर दोस्रो स्थानमा रहेका छन् ।

इंग्ल्यान्डका स्टुवार्ट ब्रोड तेस्रो स्थानमा उक्लिएका छन् । यस्तै न्युजिल्यान्डका टिम साउथी चौथो र वेष्ट इन्डिजका जासन होल्डर पाँचौँ स्थानमा झरेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ०६ बजे

फागुन ४ देखि १८ गतेसम्म चुनाव प्रचार–प्रसार गर्न पाइने

काठमाडौं– निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले फागुन

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि