वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु « Khabarhub

वीरगञ्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पर्साको वीरगञ्जमा थप दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।

नारायणी अस्पतालका डाक्टर निरज सिंहका अनुसार वीरगञ्जमा बस्दै आएका एक जना भारतीय नागरिक र वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का एक जना पुरुषको मृत्यु भएको छ ।

मृत्यु भएका ५६ वर्षका भारतीय पुरूष मुटुसम्बन्धी समस्या लिएर  असार ७ गते अस्पताल भर्ना भएको डा.सिंहले जानकारी दिए । बिहीबार दिउँसो उनको शरीरमा अक्सिजनको मात्रा कम भएपछि भेन्टिलेटरमा राखिएको थियो । दिउँसो भेन्टिलेटरमा राखिएका उनको गएराति ११ बजे मृत्यु भएको डा.सिंहले खबरहबलाई बताए  ।

अर्का मृत्यु भएका वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ का ३५ वर्षीय पुरुष निमोनियाको समस्या लिएर अस्पताल भर्ना भएको उनले जानकारी दिए । साउन १३ गते गण्डक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका उनको बिहीबार राति ७:४० बजे मृत्यु भएको डा.सिंहले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : २६ बजे

कांग्रेस महाधिवेशनमा सवारी साधन पार्किङका लागि तोकिए आठ स्थान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु हुँदैछ

नारायणघाट–बुटवल सडकखण्डमा ‘ओभरहेड क्यानोपी ब्रिज’ थपिँदै

नवलपरासी- पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्डको जङ्गलमा थप दुई वटा ‘ओभरहेड

आइतबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज १८ गते आइतबार सन् २०२६

आज २०८३ साल असोज १८ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १८ गते आइतबार सन् २०२६