कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो | Khabarhub Khabarhub

कतारमा कोरोनाबाट मृत्यु हुने नेपालीको संख्या १७ पुग्यो



दोहा : कतारमा कोरोना संक्रमण कम हुदै गएको छ ।

बिहीबार ३०७ नयाँ केस थपिएसँगै संक्रमितको संख्या १ लाख १० हजार ४ सय ६० जना पुगेको छ ।

बुधबार मात्र २४६ जना उपचारपछि निको भएर घर फर्किएका छन् भने योसँगै निको हुनेको संख्या १ लाख ७ हजार १३५ जना पुगेको कतारको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोनाको कारण १७१ जनाले मृत्यु भएको छ । जस मध्ये कोरोना सङ्क्रमणबाट १७ जना नेपाली श्रमिकको पनि मृत्यु भएको कतारस्थित नेपाली दूतावासले जनाएको छ ।

हालसम्म कतारले ४ लाख ८७ हजार ४३५ जनाको कोरोनाको परीक्षण गरी सकिएको जनाएको छ ।

कतारले सुरुवाती दिनदेखि नै संक्रमितको राष्ट्रियतबारे खुलाएको छैन् । कतारमा के कति नेपाली कामदार कोरोनाबाट संक्रमित भन्ने दूतावाससंग पनि तथ्याङक छैन । कोरोनाबाट संक्रमित धेरै नेपालीहरु अहिले निको भएर काममा फर्किसकेका छन् ।

कोरोना भाइरसबाट बच्न सबैलाई सावधानिको उपायहरु अपनाउन तथा अनिवार्य रुपमा माक्सको प्रयोग गर्नु पर्ने छ । सबैले अनिवार्य रुपमा एथेराज एप प्रयोग गर्नु पर्ने जनाएको छ । कतारले स्थिति सामान्य बन्दै गए चौथो चरण अर्थात् सेप्टेम्बर १ देखि सबै प्रतिबन्ध हटाउने तयारी गरेको छ ।

इदमा दुई दिन नेपाली दूतावास बन्द हुने

इस्लाम धर्मावलम्बीहरुको महान पर्व इदको अवसरमा नेपाली दूतावास दुई दिन बन्द हुने भएको छ । दूतावासले एक सूचना जारी गर्दै अगष्ट २ र ३ तारिख बन्द हुने जनाएको छ । अगष्ट ४ तारिख मंगलबारबाट कार्यालय संचालन हुने जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ११ : २५ बजे

चितवनमा पहिलोपटक शल्यक्रियाबिना टालियो मुटुको प्वाल

चितवन- चितवनमा पहिलोपटक शल्यक्रियाबिना मुटुको प्वाल टालिएको छ । चितवन

प्रधानमन्त्रीको सम्पत्ति सार्वजनिक

काठमाडौं– मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

रौतहट– संगठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान

सिरोहियालाई कांग्रेसको साथ, एकसाथ कान्तिपुर कार्यालय पुगे २० बढी सांसद

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरू कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष