सुशान्तका पिताका वकिलको दाबी: मुम्बई प्रहरीले रिया चक्रवर्तीलाई सहयोग गर्‍यो « Khabarhub

सुशान्तका पिताका वकिलको दाबी: मुम्बई प्रहरीले रिया चक्रवर्तीलाई सहयोग गर्‍यो


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय अभिनेता सुशान्त सिंह राजपूतका पिताले अभिनेत्री रिया चक्रवर्तीका कारण आफ्नो छोराले आत्महत्या गरेको भन्दै उजुरी दिएका छन् ।

उक्त केश उनले पटनाबाट मुम्बई सार्न भन्दै अदालतमा याचिका दायर गराएकी छिन् । सुशान्तका पिताका वकिल विकास सिंहले भने मुम्बई प्रहरीले रियालाई मद्दत गरेको आरोप लगाएका छन् ।

उनले एक समाचार एजेन्सीसँग कुरा गर्दै भने – उन(रिया) ले सुप्रीम कोर्टमा याचिका दिइन् । जबकि, सीबीआई जाँचका लागि याचिका दायर गर्नुपर्ने थियो ।

एफआईआर पटनामा दर्ता भएको तर रियाले मुम्बई प्रहरीलाई अनुसन्धान गर्न याचिका दर्ता गराएकोप्रति आपत्ति जनाएका छन् । उनले भनेका छन् – प्रहरीले मद्दत गरेको योभन्दा ठूलो सबूत अरु के हुन्छ ?

उनका अनुसार सुशान्तले आत्महत्या गर्नुभन्दा ४ महिना पहिले रियाविरुद्ध उजुरी दिएका थिए । उक्त उजुरीमा दाबी गरिएको थियो कि, सुशान्त केही गलत मान्छेसँग थिए, जसले गर्दा उनलाई ठूलो घाटा हुनसक्छ ।

ती वकिलले मुम्बई प्रहरीले एफआईआर दर्ता गर्न नमानेको समेत बताएका छन् ।

सुशान्तले गत १४ जुनमा आफ्नै घरमा झुण्डिएर आत्महत्या गरेका थिए । उनको आत्महत्यापछि प्रहरीले अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  १२ : २२ बजे

चार लेनको मादी पुल निर्माण अन्तिम चरणमा

तनहुँ– मुग्लिन–पोखरा सडकअन्तर्गत दमौली बजारमा निर्माणाधीन चार लेनको पुल आगामी

कृषक समूहबाट ८७ लाख रुपैयाँको सुन्तला बिक्री

स्याङ्जा– स्याङ्जाको एउटै समूहले यस वर्ष ८७ लाख मूल्यको सुन्तला

आठ गोल भएको रोमाञ्चक खेलमा म्यानचेस्टर र बर्नमाउथ बराबरीमा रोकिए

काठमाडौं – इंग्लिस प्रिमियर लिग अन्तर्गत मंगलबार बिहान भएको खेलमा

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

देवघाटको झोलुङ्गे पुलमा मोटरसाइकल सञ्चालनमा रोक

तनहुँ – तनहुँको देवघाट गाउँपालिका–५ र भरतपुर महानगरपालिका जोड्ने त्रिशुली