आज थपिए २२४ कोरोना संक्रमित, १५१ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज थपिए २२४ कोरोना संक्रमित, १५१ डिस्चार्ज (विवरणसहित)


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शुक्रबार थप २२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १९ हजार ७७१  पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १० हजार ७६८ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएकोमा २२४ जनामा कोरोना पुष्टि भएको छ । नेपालमा हालसम्म ५ हजार ३१६ सक्रिय संक्रमित रहेका छन् ।

कहाँ कति थपिए ?

डा. गौतमका अनुसार  बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानामा गरिएको परीक्षणमा झापाका एकजना, कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका १२ जना, मोरङका १५ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना, बाराका एकजना र सर्लाहीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा बाराका २ जना, पर्साका ४१ जना र रौतहटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा बझाङका २४ जना, कैलालीका १५ जना, काठमाडौंका ८ जना र नुवाकोटका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा बाराका एकजना, काठमाडौंका ३ जना, ललितपुरका २ जना र रौतहटका २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी भरतपुर अस्पतालमा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडामा गरिएको परीक्षणमा मकवानपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै धुलिखेल अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाका १६ जना, कंचनपुरका १८ जना, पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, ललितपुरका २ जना र सप्तरीका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै वीर अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एकजना, नेपाल प्रहरी अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका १८ जना र ललितपुरका एकजना, नेपाल कोरिया-मैत्री अस्पताल भक्तपुरमा गरिएको परीक्षणमा भक्तपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका २ जना, प्रादेशिक क्षयरोग केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका एकजना, म्याग्दीका २ जना र तनहुँका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा गुल्मीका २ जना र रुपन्देहीका एकजनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका एकजना, दैलेखका एकजना र दाङका एकजना, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा दाङका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रवक्ता डा गौतमका अनुसार दैलेख पीसीआर प्रयोगशालामा गरिएको परीक्षणमा दैलेखकाएकजना, डडेल्धुरा अस्पतालमा गरिएको परीक्षणमा बैतडीका १० जना र डोटीका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ

२४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप १५१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १४ हजार ३९९ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ ।

काठमाडौंमा संक्रमितको संख्या बढिरहेको मन्त्रालयले जनाएको छ । यसमा सचेत हुन मन्त्रालयले आग्रह गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : ४५ बजे

सामानको मूल्यसूची सबैले देख्नेगरी राख्न विक्रेतालाई महानगरको आग्रह, बढी लिए कारबाही

काठमाडौं– दशैँलगायतका चाडपर्व नजिकिएसँगै काठमाडौं महानगरपालिकाले व्यापार व्यवसाय गर्ने व्यक्ति,

तराई–मधेश क्षेत्रमा आज जितिया पर्व मनाइँदै

काठमाडौं– नेपालको तराई–मधेश क्षेत्रमा बसोबास गर्ने थारू तथा मधेसी समुदायले

अन्नपूर्ण क्षेत्रमा सिसा र प्लाष्टिकका बोतल लैजान प्रतिबन्ध

गण्डकी– पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदायस्तरमा

युवा माझ ह्यारिसको लोकप्रियता बढ्यो, ट्रम्प ४७ अंकले पछाडि

न्युयोर्क – मंगलबार अमेरिकी निर्वाचनका लागि भएको हार्वर्ड केनेडी स्कुल

नेपालमा गर्व गर्न लायक सांस्कृतिक रीतिरिवाज छन् : देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको