साग स्वर्ण पदक विजेता खेलाडी सम्मानित « Khabarhub

साग स्वर्ण पदक विजेता खेलाडी सम्मानित


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली काङ्ग्रेसले १३ औँ दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता खेलाडीलाई सम्मान गरेको छ।

सानेपास्थित नेपाली काङ्ग्रेसको पार्टी कार्यालयमा खेलकुद विभागले सम्मान कार्यक्रम आयोजना गरि खेलाडीलाई सम्मान गरेको हो।
सागमा नेपालले ५१ स्वर्ण सहित २०६ पदक हात पारेको थियो। जसमध्ये काङ्ग्रेसले ८० जना खेलाडीलाई सम्मान गरेको हो।

काङ्ग्रेसले एक स्वर्ण जित्ने खेलाडीलाई १० हजार, दुई स्वर्णलाई १५ हजार, तीनले २० हजार र चार स्वर्ण जित्नेले २५ हजार दिएको हो।

जसमध्ये सबैभन्दा बढी पौडीकी गौरीका सिंहले २५ हजार र करातेका मन्डेकाजी श्रेष्ठ, तेक्वान्दोकि आयशा शाक्य र गल्फका सुवास तामाङले समान १५/१५ हजारसहित सम्मानित भएका छन् भने अन्य खेलाडीले १० हजमरका दरले सम्मान पाएका छन्।

काङ्ग्रेसको खेलबुद विभागले टोकियो ओलम्पिकमा छनोट हुने खेलाडीको विमा गरिदिने विभागका सभापति मोहन बस्नेतले बताएका छन्।

ओलम्पिकका लागि अहिले १२ जना खेलाडीले अभ्यासमा छन्।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ६ : ०२ बजे

जलवायु चुनौतीको समाधानमा साझा संकल्प आवश्यक : मन्त्री चौधरी

मुस्ताङ– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले जलवायु चुनौतीको समाधानका

शर्त पूरा नभएसम्म अमेरिकासँग वार्ता हुँदैन : इरान 

तेहरान- इरानले आफ्ना शर्त पूरा नभएसम्म संयुक्त राज्य अमेरिकासँग कुनै पनि

ट्रम्पको आग्रहपछि युक्रेनका ऊर्जा केन्द्रमा आक्रमण रोक्ने रूसको संकेत

किएभ– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै पक्षलाई  संयमता अपनाउन आह्वान

बाढी पीडितिबारे रास्वपाकै सांसद भन्छन् : सरकारले के गर्छ ? कहाँ जान्छ ? के भन्छ ? हेर्न बाँकी छ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक बोहराले भदौ १०

सिन्दुर जात्रा गर्दै सूर्यविनायक गणेशको रथारोहण

भक्तपुर– गणेश जन्मोत्सवको अवसरमा सूर्यविनायक मन्दिरमा सिन्दुर जात्रा र  रथारोहण