रेडमी नोट ९ सिरिज नेपाली बजारमा, मूल्य कति ? | Khabarhub Khabarhub

रेडमी नोट ९ सिरिज नेपाली बजारमा, मूल्य कति ?


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज नेपालमा बजेट सेग्मेन्ट भित्र दुई नयाँ स्मार्टफोन मोडल—रेडमी ९ र रेडमी ९ए सार्वजनिक गरेको छ ।

शक्तिशाली चिपसेट र प्रिमियम विशेषता भएका यी नयाँ भेरियन्टले सबैका लागि असाधारण स्मार्टफोन अनुभव पहुँचयोग्य बनाउने शाओमीको दाबी छ ।

रेडमी ९ः एन्ट्री लेबल स्मार्टफोनको अनुभव पुनःआविष्कार गर्दै

पहिलो एन्ट्री लेबलको स्मार्टफोनको रुपमा बहुउपयोगी क्वाड क्यामेरा सेटअप विशेषता भएको रेडमी ९ ले जीवनको विशेष पलहरु खिच्न मद्दत गर्दछ । चाहे तपाईं द्रुत स्न्याप, वाईड एन्गल ग्रुप सट, मोहक विवरणका साथ क्लोज अप वा सुन्दर पोेट्रेट लिन खोजिरहनु भएको छ, रेडमी ९ ले यी सबै पुरा गर्नेछ ।

यो उपकरणले क्यालिडोस्कोप र पाम शटर जस्ता विशेषताहरु समावेश भएको प्रिमियम क्यामेराका साथ फोटोग्राफी अनुभवमा रमाइलो र रचानात्मक समाहित गर्दछ । यसबीच प्रयोगकर्ताले रेडमी ९ को ठुलो र उत्कृष्ट स्क्रिनका साथ अझ राम्रोसंग हेर्न सक्दछन् ।

६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै रेडमी ९ ले एक क्रिस्टल क्लियर विवरणका साथ तत्कालै एक निर्देशनमा सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्दछ । यो टीयूभी रेइन्ल्यान्ड लो ब्लु कलर लाइट प्रमाणीकरण र सुरक्षाका लागि कोर्निंग गोरिला ग्लासको साथ आउँदछ ।

पर्फमेन्शको पाटोमा, रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी८० एसओसी छ जसले आफ्नो पूर्ववर्ती भन्दा १०७ प्रतिशत सुधारीएको प्रदर्शन प्रदान गर्दछ । ५०२० एमएएच ठूलो क्षमताको ब्याट्रीका साथ जोडिएको रेडमी ९ ले तपाईंलाई दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्दछ ।

रेडमी ९ ले योग्य शानदार स्मार्टफोन डिजाइन प्रस्तुत गर्दछ । पछाडिको कभरमा यसले शिष्ट ग्रेडिएन्ट कलर डिजाइन र एन्टी फिंगरप्रिन्ट रिप्पल टेक्सचर उत्तोलन गर्दछ । रियर फिंगरप्रिन्ट सेन्सर विशेष गरि क्यामेरा सेटको छेउमा बस्नका लागि डिजाइन गरिएको छ र रेडमीको हालको स्मार्टफोन लाइनअपमा चित्रित एक ट्रेन्डी सरकल डिजाइनले घेरिएको छ । समग्रमा, यसले रेडमी ९ लाई समात्न र अनलक गर्न अझ बढि सहज बनाउँछ ।

यसलाई सम्पन्न गर्नुपर्दा, रेडमी ९ ३.५एमएम हेडफोन ज्याक, आइआर ब्लास्टरका साथ आउँछ र यसले डुअल सिम र थप माइक्रोएसडी स्लट समर्थन गर्दछ । रेडमी ९ का साथ प्रयोगकर्ताले केहि सम्झौता गर्नु पर्दैन, उनीहरुले यी सबै विशेषताहरु पाउँछन् ।

रेडमी ९ए: ६.५३ इन्च ठूलो डिस्प्ले र ५०००एमएएच ब्याट्री

यो एकदम नयाँ एन्ट्री लेबल स्मार्टफोन इमर्सिभ दृश्य अनुभवका लागि विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ र त्यस्ता प्रयोगकर्ताहरुलाई सन्तुष्ट पार्छ जो आफ्नो फोनमा धेरै कुरा गर्न र मज्जा लिन चाहन्छन् ।

रेडमी ९ए मा मिडियाटेक हेलियो जी२५, अक्टा कोर गेमिङ चिपसेट जस्ता विशेषताहरु छन् जसले दिन प्रति दिन सहज संचालन अनुभव प्रदान गर्दछ । यसमा एआई अप्टिमाइज्ड् १३एमपी रियर क्यामेरा छ जसले विभिन्न अवस्थाहरुमा तीव्र र सहजै स्फूर्तिदायक र स्प्रष्ट तस्वीरहरु खिच्दछ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीमा उल्लेखनिय स्मार्टफोन अनुभवहरु सबैका लागि पहुँचयोग्य बनाउने लक्ष्य राखेको बताए ।

उनले विशाल ५०२० एमएएच ब्याट्री र क्वाड क्यामेरा सेटअपका साथ रेडमी ९ र ६.५३ इन्च डट ड्रप डिस्प्लेका साथ रेडमी ९ए सुलभ मुल्यमा उपलब्ध एन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प भएको बताए ।

मूल्य

रेडमी ९ तीन कलरः कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध हुनेछ ।

यो ३जीबी+३२जीबी भेरियन्टको मुल्य रु १६,९९९ रहेको छ भने ४जीबी+६४जीबी भेरियन्टको मुल्य रु १७,९९९ रहेको छ ।

रेडमी ९ए २जीबी+३२जीबी भेरियन्टको मुल्य रु ११,४९९ मा आउँछ र तीन कलरः ग्रानाइट ग्रे, पिकक ग्रनि र स्काई ब्लु मा उपलब्ध हुनेछ ।

दुवै फोनहरु आधिकारिक मी स्टोर, रिटेल पार्टनर र अनलाईन च्यानलमा उपलब्ध हुनेछ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ४ : १६ बजे

स्वदेशमै काम गर्न अभिप्रेरित गर्ने फोटो प्रदर्शनी

काठमाडौं– नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले बिहीबार पाटनको महारानी

स्रोत नखुलेको ९८ लाख नगदसहित दुईजना पक्राउ

काठमाडौं– काठमाडौँको दरबारमार्गबाट प्रहरीले झण्डै एक करोड नगद रुपैयाँ सहित

आइपिएलमा आज गुजरात र चेन्नई भिड्दै

काठमाडौं– इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत आज एक खेल हुँदै

इजरायल एक्लै लड्न तयार छ : नेतान्याहु

इजरायल – इजरायलले रफाहामा आक्रमणलाई निरन्तरता दिए सैन्य सहयोग रोक्न

तनहुँमा प्लास्टिक झोलामुक्त अभियान

तनहुँ– आगामी जेठ १ गतेदेखि व्यास नगरपालिकालाई प्लाष्टिक झोलामुक्त तुल्याउने