कंगोमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १४ सर्बसाधारण मारिए « Khabarhub

कंगोमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १४ सर्बसाधारण मारिए


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- प्रजातान्त्रिक गणतन्त्र कंगोको दक्षिणी किवु प्रान्तको साँगे शहरमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १४ सर्वसाधारण मारिएका छन् ।

कङ्गोली प्रहरीका अनुसार ती सैनिक सिपाहीले स्थानीय एक व्यक्तिको फोन चोर्न खोजेको र उक्त समय स्थानीय केही व्यक्ति अघि आई प्रतिकार गरेपछि झडप भएको थियो ।

आफ्नो सुरक्षाका लागि ती सिपाहीले साथमा रहेको पेस्तोल निकाली अन्धाधुन्ध गोली चलाएको बताइएको छ । घटनामा उक्त वस्तीका १४ स्थानीयहरूको मृत्यु भएको स्थानीय समाचारहरूले उल्लेख गरेका छन् ।

घटनामा अन्य कैयौँ व्यक्ति घाइते भएका छन् ।

प्रहरीले मृतकलाई पोष्टमोर्टमका लागि र घाइते सबैलाई उपचारका लागि उद्धार गरी अस्पताल पठाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ८ : १५ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा